ट्रम्पको आरोप – इरान मलाई मार्न चाहन्छ

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफूलाई मार्न चाहेको तर त्यसमा सफल नभएको बताएका छन् । इरानले फेरि यस्तै प्रयास गर्न सक्ने उनको आरोप छ । ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ”मेरो ज्यानलाई इरानबाट ठूलो खतरा छ । सम्पूर्ण अमेरिकी सेना हेर्दै र पर्खिरहेको छ । इरानले प्रयास गरेको थियो तर असफल भयो । […]

Sep 25, 2024 - 07:21
 0
ट्रम्पको आरोप – इरान मलाई मार्न चाहन्छ

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफूलाई मार्न चाहेको तर त्यसमा सफल नभएको बताएका छन् । इरानले फेरि यस्तै प्रयास गर्न सक्ने उनको आरोप छ ।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ”मेरो ज्यानलाई इरानबाट ठूलो खतरा छ । सम्पूर्ण अमेरिकी सेना हेर्दै र पर्खिरहेको छ । इरानले प्रयास गरेको थियो तर असफल भयो । तर, उसले फेरि प्रयास गर्नेछ । यो अवस्था कसैको लागि राम्रो होइन । म धेरै मानिसहरू, बन्दुक र हतियारहरूले घेरिएको छु । म पहिले यो भन्दा धेरै मानिसहरूले घेरिएको थिइनँ ।”

उनले थप लेखेका छन्, ”मेरो सुरक्षाका लागि थप रकम विनियोजन गरेकोमा संसदलाई धन्यवाद । रिपब्लिकन र डेमोक्र्याटिक सांसदहरू यस मुद्दामा एकजुट भएको देख्दा राम्रो लाग्यो । तर, पूर्वराष्ट्रपतिमाथि हमला भयो भने त्यो आक्रमणकारीलाई मृत्यु निम्तो दिनुजस्तै हो ।”

अमेरिकी राष्ट्रपति चुनावअघि ट्रम्पको यस्तो भनाइलाई कतिपयले आफ्नो नयाँ पहिचान मानिरहेका छन् । तर, ट्रम्पको यो भनाइपछि अमेरिकी राष्ट्रपतिको सुरक्षालाई लिएर बहस सुरु भएको छ ।

अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिससँग प्रतिस्पर्धा गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register