नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सेप्टेम्बरको एसियन डेभलपमेन्ट आउटलुक प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ । यसअघि अप्रिलको आउटलुकमा एडीबीले नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान गरेको थियो । एडीबीका अनुसार सामान्य मनसुनसँगै समयमै धान रोपाइँ […]

Sep 25, 2024 - 10:49
 0
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

सेप्टेम्बरको एसियन डेभलपमेन्ट आउटलुक प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ । यसअघि अप्रिलको आउटलुकमा एडीबीले नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान गरेको थियो ।

एडीबीका अनुसार सामान्य मनसुनसँगै समयमै धान रोपाइँ सम्पन्न भएकाले कृषि क्षेत्रको वृद्धि फसल संकलनको अनुकूलतामा निर्भर रहनेछ । विद्युत् उत्पादन क्षमता बढेकोले औद्योगिक वृद्धिलाई टेवा दिनेछ ।

पर्यटकको आगमनमा वृद्धिले आवास र भोजन सेवाहरू लगायतका गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register