बाढीपहिरोमा परी ललितपुरमा अहिलेसम्म ९ जनाको मृत्यु, ११ बेपत्ता

काठमाडौं । बाढीपहिरोका कारण ललितपुरमा ९ जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि परिरहेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीले जानकारी दिए । साथै, ११ जना बेपत्ता छन् । उद्धार टोलीले २८१ जनाको उद्धार गरेको छ । अहिले उद्धारका लागि ललितपुर प्रहरी […]

Sep 28, 2024 - 07:41
 0
बाढीपहिरोमा परी ललितपुरमा अहिलेसम्म ९ जनाको मृत्यु, ११ बेपत्ता

काठमाडौं । बाढीपहिरोका कारण ललितपुरमा ९ जनाको मृत्यु भएको छ ।

बिहीबार रातिदेखि परिरहेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

साथै, ११ जना बेपत्ता छन् । उद्धार टोलीले २८१ जनाको उद्धार गरेको छ ।

अहिले उद्धारका लागि ललितपुर प्रहरी र तालुक कार्यालयबाट उद्धारका लागि बोट लगायत सामग्रीसहित ११०० जना खटिएका छन्।

सानेपाबाट ७७ जना, नख्खुबाट १४, नखिपोटबाट १५, बुङमतीबाट ७५, चापागाउँबाट ५५ जना, यूएनपार्कबाट १ जना र इमाडोल क्षेत्रबाट २८ जनाको जीवितै उद्धार गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register