काठमाडौंमा बाढी : ज्यान गुमाउनेमध्ये १० जनाको परिचय खुल्यो

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीमा परी ज्यान गुमाउने १० जनाको परिचय खुलेको छ । काठमाडौंमा बाढीले अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । जसमध्ये १० जनाको परिचय खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । जसमा दक्षिणकाली नगरपालिका-८ का ४३ वर्षीय भविन्द्र लिम्बू, ४० वर्षीय कुमार तामाङ, २३ वर्षीय मनु […]

Sep 28, 2024 - 12:01
 0
काठमाडौंमा बाढी : ज्यान गुमाउनेमध्ये १० जनाको परिचय खुल्यो

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीमा परी ज्यान गुमाउने १० जनाको परिचय खुलेको छ ।

काठमाडौंमा बाढीले अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । जसमध्ये १० जनाको परिचय खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

जसमा दक्षिणकाली नगरपालिका-८ का ४३ वर्षीय भविन्द्र लिम्बू, ४० वर्षीय कुमार तामाङ, २३ वर्षीय मनु तामाङ, दक्षिणकाली-९ टल्कु बस्ने ३७ वर्षीय प्रेम बलामी, ३४ वर्षीय कान्छा बलामी र दक्षिणकाली-७ बस्ने ५० वर्षीया देवी लिम्बू छन् ।

यस्तै, कीर्तिपुरमा अर्घाखाँचीका २४ वर्षीय अजय पाण्डे, सप्तरी घर भई काठमाडौं महानगरपालिका-६ इचंगुनारायण बस्ने ४० वर्षीय सचिन शाह, चन्द्रागिरि नगरपालिका-२ मसिने बस्ने ३८ वर्षीय गर्व तामाङ र उनकी ३६ वर्षीया श्रीमती सबिना तामाङको मृत्यु भएको एसपी अधिकारीले बताए ।

कालिमाटीमा बाढीले बगाउँदा मृत्यु भएकाको भने परिचय खुल्न सकेको छैन ।

प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ । अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलले आपत्‌कालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register