धनकुटामा पहिरोमा परी २ जनाको मृत्यु २ जना घाईते

धनकुटा, १२ असोज । धनकुटाको पाख्रीबास नगरपालिका-५ गुरासे देवीथान स्थितमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । असोज १२ गते बिहान अरिवल बर्षातको कारण पाख्रीबास-५ का सन्तोष तामाङको घरमा माथीबाट पहिरो झर्दा किचिएर उनको ३२ बर्षीया श्रीमती आशा तामाङ र सासुआमा ५० बर्षीया राम कुमारी तामाङको घटना स्थलमा नै मृत्यु भएको छ । घटनाको [...] The post धनकुटामा पहिरोमा परी २ जनाको मृत्यु २ जना घाईते appeared first on Jhapa Online.

Sep 28, 2024 - 09:58
 0
धनकुटामा पहिरोमा परी २ जनाको मृत्यु २ जना घाईते

धनकुटा, १२ असोज । धनकुटाको पाख्रीबास नगरपालिका-५ गुरासे देवीथान स्थितमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ ।

असोज १२ गते बिहान अरिवल बर्षातको कारण पाख्रीबास-५ का सन्तोष तामाङको घरमा माथीबाट पहिरो झर्दा किचिएर उनको ३२ बर्षीया श्रीमती आशा तामाङ र सासुआमा ५० बर्षीया राम कुमारी तामाङको घटना स्थलमा नै मृत्यु भएको छ ।

घटनाको जानकारी प्राप्तहुना साथ तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक श्याम सिंह चौधरी सहितको टोली खटि उद्धारको क्रममा पुरिएको मृत अवस्थमा दुई जनाको शव फेला पारेको हो भने घाईते अवस्थामा सोही घरमा रहेकी छिमेकी  २४ बर्षीया मिन माया तामाङलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको छ ।

यसैगरी छथरजोरपाटी गाउँपालिका-२ का चन्द्र बहादुर बाजिम्पाक मगरको घरमा माथीबाट पहीरो झरी घर पुरिंदा उनको २० बर्षीया छोरी सृजना बाजिम्पाक मगर घाईते भएकोमा प्रहरी चौकी जोरपाटीबजारबाट उद्धारमा खटिएको प्रहरी टोलीले उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाएको छ ।

The post धनकुटामा पहिरोमा परी २ जनाको मृत्यु २ जना घाईते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register