मनाङमा असोजमै हिमपात, जनजीवन प्रभावित

मनाङ ।  हिमाली जिल्ला मनाङमा असोजमै बेमौसमी हिमपात भएको छ । सामान्यतया पुस-माघ-फागुनमा पर्ने हिमपात यो वर्ष असामान्य रूपमा चाँडो आएको हो । देशका अन्य भागमा अविरल वर्षा भइरहँदा मनाङमा वर्षासँगै हिमपात भएको स्थानीयवासीले जानकारी दिएका छन् । हिमपातले मनाङको माथिल्लो भेगको जनजीवन प्रभावित बनेको छ । नार्पाभूमि गाउँपालिकाको नार र फू गाउँ तथा मनाङ […]

Sep 28, 2024 - 10:07
 0
मनाङमा असोजमै हिमपात, जनजीवन प्रभावित

मनाङ ।

 हिमाली जिल्ला मनाङमा असोजमै बेमौसमी हिमपात भएको छ । सामान्यतया पुस-माघ-फागुनमा पर्ने हिमपात यो वर्ष असामान्य रूपमा चाँडो आएको हो । देशका अन्य भागमा अविरल वर्षा भइरहँदा मनाङमा वर्षासँगै हिमपात भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

हिमपातले मनाङको माथिल्लो भेगको जनजीवन प्रभावित बनेको छ । नार्पाभूमि गाउँपालिकाको नार र फू गाउँ तथा मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डेदेखि माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । तिलिचो र थोराङ्ला क्षेत्रमा पनि उल्लेखनीय मात्रामा हिउँ परेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register