खोलाले बगाउँदा १ जनाको मृत्यु ४ जना बेपत्ता

बिराटनगर, १२ असोज । इलामको माई नगरपालिका-८ सेते खोलाले बगाएर १ जना बृद्धको मृत्यु भएको छ भने खोलाले बगाएर झापामा ३ जना र मोरङमा १ जनाको मृत्यु भएको छ  । असोज ११ गते दिउँसो माईनगरपालिका-८ का ६८ बर्षीय मैत बहादुर लिम्बु खोला तर्ने क्रममा खोलाले बगाएको अवस्थामा स्थनिय मानिसहरुले फेला पारी उद्धार गरी उपचारको लागी लैजाने [...] The post खोलाले बगाउँदा १ जनाको मृत्यु ४ जना बेपत्ता appeared first on Jhapa Online.

Sep 28, 2024 - 09:26
 0
खोलाले बगाउँदा १ जनाको मृत्यु ४ जना बेपत्ता

बिराटनगर, १२ असोज । इलामको माई नगरपालिका-८ सेते खोलाले बगाएर १ जना बृद्धको मृत्यु भएको छ भने खोलाले बगाएर झापामा ३ जना र मोरङमा १ जनाको मृत्यु भएको छ  । असोज ११ गते दिउँसो माईनगरपालिका-८ का ६८ बर्षीय मैत बहादुर लिम्बु खोला तर्ने क्रममा खोलाले बगाएको अवस्थामा स्थनिय मानिसहरुले फेला पारी उद्धार गरी उपचारको लागी लैजाने क्रममा उनको बाटोमा नै  मृत्यु भएको थियो ।

सोही दिन झापाको कचनकवल गाउँपालिका-१ स्थित जमुवा खोला तर्ने क्रममा स्थानिय पन्चु राजवंशीको १४ बर्षीया छोरी नेहारिका राजवंशीलाई बगाई बेपत्ता बनाएको छ यसै गरी  कमल गाउँपालिका-१ का ३५ बर्षीय टिकाराम चौधरी कृष्ने खोलामा माछा मार्ने क्रममा खोलामा डुबी बेपत्ता भएका छन भने गौरीगंज गाउँपालिका-२ स्थित सुकुमबासी टोल का ५५ बर्षीय केनालाल राजवंशी  घर नजिकै रहेको कृष्णे खोलामा हाम्फाल्दा बेपत्ता भएका छन । असोज १० गते  मोरङको रतुवामाई नगरपालिका-७ की ७२ बर्षीया डुरो देवी राजबंशी झापाको गौरादहबाट मोरङको सिजुवा आउने क्रममा रातुवा खोला तर्दा खोलाले बगाई बेपत्ता बनाएको छ । प्रहरीद्वारा बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको छ ।

The post खोलाले बगाउँदा १ जनाको मृत्यु ४ जना बेपत्ता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register