बिर्तामोडमा आजदेखि रेविज खोप कार्यक्रम सुरु

बिर्तामोड, १२ असोज । बिर्तामोडमा रेविज खोप कार्यक्रम सुरु भएको छ । नगरपालिकाले विश्व रेविज दिवश २०८१ का अवसरमा खोप सप्ताह कार्यक्रम आजदेखि सुरु गरेको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले कार्यक्रम उद्घाटन गर्दै सबै वडामा जनप्रतिनिधिसहित लागेर यो सप्ताह सफल बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले रेबिज नियन्त्रणका लागि सकेसम्म धेरै कुकर, विरालोलाई [...] The post बिर्तामोडमा आजदेखि रेविज खोप कार्यक्रम सुरु appeared first on Jhapa Online.

Sep 28, 2024 - 17:22
 0
बिर्तामोडमा आजदेखि रेविज खोप कार्यक्रम सुरु

बिर्तामोड, १२ असोज । बिर्तामोडमा रेविज खोप कार्यक्रम सुरु भएको छ । नगरपालिकाले विश्व रेविज दिवश २०८१ का अवसरमा खोप सप्ताह कार्यक्रम आजदेखि सुरु गरेको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले कार्यक्रम उद्घाटन गर्दै सबै वडामा जनप्रतिनिधिसहित लागेर यो सप्ताह सफल बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले रेबिज नियन्त्रणका लागि सकेसम्म धेरै कुकर, विरालोलाई खोप लगाउन आग्रहसमेत गर्नु भयो । भोलि वडा नम्बर १ का विभिन्न स्थानमा खोपकेन्द्र स्थापना गरी रेविजविरुद्दको खोप लगाईने छ । सबै वडा कार्यालयको समन्वयमा आवश्यक्ता अनुसार खोपकेन्द्र स्थापना गरी कार्यक्रम सञ्चालन गरीने पशुपंछि मत्स्य विकाश शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिनुभयो ।

कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता सिवाको अध्यक्षतामा आयोजित खोप सप्ताह उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौला, शाखा प्रमुख डा। नगेन्द्र खड्कालगायतको उपस्थिति रहेको थियो । बिर्तामोड नगरपालिकाले विगत ६ वर्ष देखि रेविज विरुद्दको खोप सप्ताह कार्यक्रम मनाउँदै आएको छ । खोप निःशुल्क हुनेछ ।

The post बिर्तामोडमा आजदेखि रेविज खोप कार्यक्रम सुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register