श्रीलंका टापुका अधिकांश स्थान डुबानमा, छिट्टाे उद्दार गर्न स्थानीयको अनुरोध
सुनसरी । सुनसरीकाे बराहक्षेत्र नगरपालिका वडा नं ६ श्रीलंका टापुका बासिन्दा लामो समयदेखि उद्दार पर्खिरहेका छन् । अविरल वर्षाका कारण सप्तकोसीकाे बाँध फुटेर बस्तीमा पसेसंगै श्रीलंका टापुका अधिकांश स्थान डुबानमा परेका हुन्। श्रीलंका टापुस्थित जलाल , सिसौली, चिलैया , गरैया, एबीसी टापु, शान्ती चोक , क्रान्ती चोक र रामनगर , माझी गाउँ , एकता चोक […]
सुनसरी । सुनसरीकाे बराहक्षेत्र नगरपालिका वडा नं ६ श्रीलंका टापुका बासिन्दा लामो समयदेखि उद्दार पर्खिरहेका छन् । अविरल वर्षाका कारण सप्तकोसीकाे बाँध फुटेर बस्तीमा पसेसंगै श्रीलंका टापुका अधिकांश स्थान डुबानमा परेका हुन्।
श्रीलंका टापुस्थित जलाल , सिसौली, चिलैया , गरैया, एबीसी टापु, शान्ती चोक , क्रान्ती चोक र रामनगर , माझी गाउँ , एकता चोक गरि दर्जन भन्दा धेरै गाउँ रहेको उक्त ठाँउमा करिब १० हजार भन्दा माथी जनसंख्या रहेको छ ।
चारै तिर सप्तकोसीले घेरिएको उक्त ठाँउ अत्यन्तै संबेदनशिल भएको हुनाले यथाशीघ्र संघीय सरकार र स्थानीय निकायले कदम चाल्नु आवश्यक रहेकाे स्थानीय दीपक राई बताउँछन् । उनी भन्छन्, “तल गाउँ सबै बगाउन लागिसक्यो हाम्रो अलि डाँडामा भएकाे घर पनि पानीले भेट्न लाग्याे के गर्ने थाहा छैन् ।”
घरमा बाढी पसेकाले खाना पकाउने ठाउँसमेत नरहेको प्रेम कुमार पाैडेल बताउँछन् । वस्तुभाउ बाढीले बगाइसकेकाे भन्दै आफूहरुकाे छिट्टाे उद्दार गर्न उनी अनुरोध गर्छन् । श्रीलंका टापुस्थित जलालका अधिकांश बासिन्दाहरुले यतिबेला सुरक्षित स्थानकाे खाेजीमा सरकार पर्खिरहेका छन् ।
” घर अगाडि समुन्द्र जस्तै काेशी बगिरहेको छ, पछाडिपनि त्यस्तै छ । अब हामी कहाँ जानू बालबच्चाहरु छन्, वृद्धवृद्धा छन् ।” बाढी पीडित कमला राई भन्छिन् । उनी सबै स्थान जलमग्न भएकाले काेही उद्दारकर्ता आउन नसक्नुमा चिन्ता व्यक्त गर्छिन् ।
उक्त क्षेत्रमा उद्दारका लागि खटिएको टाेलि पनि पुग्न नसकेको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए । उनले भने, ‘हामी आज त्याहा पुग्न सकेनौं, आधाबाटाेमा आएर राेकिएका छाैं हामी आज यतै बास बस्छाैं । भाेलि बिहानै जेटबाेट लिएर त्यहाँ जान सकिने बाटाेहरु खाेजेर जानेछाैं ।” उनले त्यहाँका स्थानीयलाई आज रातभर सर्तक रहेर समूहमा बस्न आग्रह गरेकाे बताए ।
What's Your Reaction?