क्यानडाविरुद्धको टी-२० जित्न नेपाललाई १२४ रनको लक्ष्य

काठमाडौं । त्रिकोणीय सिरिज अन्तरगत क्यानडाविरुद्धको पहिलो टी-२० क्रिकेटमा नेपालले जितका लागि १२४ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर नेपालले पहिले बलिङ रोजेपछि ब्याटिङमा आएको क्यानडाले पुरै ओभर खेलेर ८ विकेट क्षतिमा १२३ रन बनाएको हो । क्यानडाका कुनै पनि ब्याटर जम्न सकेनन् । साद विन जाफरले २३ र श्रीयास मोयाले २२ रन […]

Sep 28, 2024 - 18:49
 0
क्यानडाविरुद्धको टी-२० जित्न नेपाललाई १२४ रनको लक्ष्य

काठमाडौं । त्रिकोणीय सिरिज अन्तरगत क्यानडाविरुद्धको पहिलो टी-२० क्रिकेटमा नेपालले जितका लागि १२४ रनको सामान्य लक्ष्य पाएको छ ।

टस जितेर नेपालले पहिले बलिङ रोजेपछि ब्याटिङमा आएको क्यानडाले पुरै ओभर खेलेर ८ विकेट क्षतिमा १२३ रन बनाएको हो ।

क्यानडाका कुनै पनि ब्याटर जम्न सकेनन् । साद विन जाफरले २३ र श्रीयास मोयाले २२ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ३-३ विकेट लिए । रिजन ढकाल र दिपेन्द्र सिंह ऐरीको नाममा १-१ विकेट गयो ।

नेपाली टिममा आज ऐरीसहित कुशल भूर्तेल र कुशल मल्ल फर्केका छन् । गुल्सन झा आज बेन्चमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register