लगातारको झरीले मेडिसिटी अस्पताल डुब्यो, भित्रै पानी पसेपछि बिरामीको भागाभाग ! (फोटो-कथा)

काठमाडौँ । लगातार परेको अविरल वर्षाका कारण काठमाडौँको मेडिसिटी अस्पताल डुबानमा परेको छ । निरन्तरको झरीका कारण नख्खु खोलामा पानीको बहाव उच्च हुँदा आएको बाढी अस्पताल पसेको हो । बाढीका कारण अस्पतालको भुँइतला पूर्ण रुपमा डुबानमा परेको छ । बाढी अचानक अस्पतालभित्र पसेपछि बिरामीको भागाभाग भएको थियो । अस्पतालको भुँइतलामा रहेका कुर्सी, बेड, काउन्टर लगायतका […]

Sep 29, 2024 - 03:21
 0
लगातारको झरीले मेडिसिटी अस्पताल डुब्यो, भित्रै पानी पसेपछि बिरामीको भागाभाग ! (फोटो-कथा)

काठमाडौँ । लगातार परेको अविरल वर्षाका कारण काठमाडौँको मेडिसिटी अस्पताल डुबानमा परेको छ । निरन्तरको झरीका कारण नख्खु खोलामा पानीको बहाव उच्च हुँदा आएको बाढी अस्पताल पसेको हो ।

बाढीका कारण अस्पतालको भुँइतला पूर्ण रुपमा डुबानमा परेको छ ।

बाढी अचानक अस्पतालभित्र पसेपछि बिरामीको भागाभाग भएको थियो । अस्पतालको भुँइतलामा रहेका कुर्सी, बेड, काउन्टर लगायतका संरचना डुबानमा परेका छन् ।

भुँइतला पूर्ण रुपमा डुबेपछि अस्पतालले भुँइतलाको अत्यावश्यक सेवा माथिल्लो तलामा सारेर सेवा दिइरहेको छ । तर, बाढीका कारण अस्पताल क्षेत्र डुबानमा परेपछि सेवा प्रभाहमा निकै सास्ती भएको छ भने अस्पताल पुग्न पनि जोखिमपूर्ण अवस्था रहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register