अपडेटः बाढी पहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौँ । लगातारको झरिपछि आएको बाढी पहिरो र डुबानबाट देशभर मृत्यु हुनेको संख्या ९९ पुगेको छ । विपद्मा परी हालसम्म ९९ जनाको मृत्यु भएको, ७२ जना बेपत्ता र एक सय जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका २५, भक्तपुरका […]

Sep 29, 2024 - 02:45
 0
अपडेटः बाढी पहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौँ । लगातारको झरिपछि आएको बाढी पहिरो र डुबानबाट देशभर मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

विपद्मा परी हालसम्म ९९ जनाको मृत्यु भएको, ७२ जना बेपत्ता र एक सय जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका २५, भक्तपुरका पाँच र ललितपुरका १८ जना रहेका छन् ।

देशका अधिकांश ठाउँहरुमा झरि पर्ने क्रम नरोकिएको कारण अझै विपद्का घटनाहरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन पनि गृह मन्त्रालयले आग्रह गरेको छ । नदी किनारमा पानीको बहाब अझै पनि उच्च रहन सक्ने भएकाले आसपासका क्षेत्रमा थप सतर्कता अपनाउने पनि मन्त्रालयले आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register