विपत्तिमा परेकालाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति दिने सरकारको निर्णय 

काठमाडौँ । सरकारले बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सुरक्षा अंगका प्रमुखहरुहरुसहितको मन्त्रीहरुको आपतकालीन समन्वयात्मक बैठकले अविलम्व पीडितको राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने कार्यमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएको हो । कानून बमोजिम पीडितहरुले […]

Sep 29, 2024 - 04:21
 0
विपत्तिमा परेकालाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति दिने सरकारको निर्णय 

काठमाडौँ । सरकारले बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सुरक्षा अंगका प्रमुखहरुहरुसहितको मन्त्रीहरुको आपतकालीन समन्वयात्मक बैठकले अविलम्व पीडितको राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने कार्यमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएको हो ।

कानून बमोजिम पीडितहरुले पाउने राहत पनि तत्काल उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

बैठकले अवरुद्ध सडक, विद्युत, टेलिफोन लगायतका अत्यावश्यक बस्तुहरु तत्काल सुचारु गराउन पनि सम्बन्धित मन्त्रालयलाई सचेत गराएको छ । बैठकले विपद्मा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना पनि व्यक्त गरेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register