झ्याप्लेखोलामा एउटा बस पुरिएको अवस्थामा भेटियो

काठमाडौँ । नौबिसे-नागढुंगा सडकखण्डमा पर्ने झ्याप्लेखोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको छ ।  अविरल वर्षापछि आएको पहिरो पन्छ्याउने क्रममा झ्याप्लेखोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको हो । उक्त बस शनिबार गोरखाबाट काठमाडौँ आउँदै गरेको बस हुनसक्ने आशंका गरिएको छ ।  शनिबार आएको पहिरोपछि शुक्रबार एउटा बस गोरखाबाट काठमाडौँका लागि हिँडेको तर सम्पर्कमा नरहेको बताइएको […]

Sep 29, 2024 - 04:33
 0
झ्याप्लेखोलामा एउटा बस पुरिएको अवस्थामा भेटियो

काठमाडौँ । नौबिसे-नागढुंगा सडकखण्डमा पर्ने झ्याप्लेखोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको छ । 

अविरल वर्षापछि आएको पहिरो पन्छ्याउने क्रममा झ्याप्लेखोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको हो । उक्त बस शनिबार गोरखाबाट काठमाडौँ आउँदै गरेको बस हुनसक्ने आशंका गरिएको छ । 

शनिबार आएको पहिरोपछि शुक्रबार एउटा बस गोरखाबाट काठमाडौँका लागि हिँडेको तर सम्पर्कमा नरहेको बताइएको थियो । शनिबार पहिरोमा पुरिएको अवस्थामा फेला परेको बस सोही हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । 

यद्यपि झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा फेला परेको बसको पहिचान भने खुलेको छैन । पहिरोमा बसको केही भाग मात्र देखिएको छ भने हाल डोजरको सहयोगमा पहिरो पन्छ्याएर बस निकाल्ने प्रयास भइरहेको छ । 

शनिबार झ्याप्लेखोलामै २ वटा बस पुरिएका थिए । ती दुई बसबाट १४ जनाको शव निकालिएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register