आजदेखि दशैँका लागि सुकिला नोट साट्न पाइने 

काठमाडौँ । आज (आइतबार) देखि दशैँका लागि सुकिला नोट साट्न पाइने भएको छ । राष्ट्र बैंकका अनुसार दशैँका लागि आजदेखि राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय तथा अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट सुकिला नोट साट्न पाइने भएको हो । यसवर्ष पनि राष्ट्र बैंकबाट सुकिला नोट साट्न चाहनेले १८ हजार ५ सय रुपैयाँसम्मको सुकिला नोट साट्न […]

Sep 29, 2024 - 04:49
 0
आजदेखि दशैँका लागि सुकिला नोट साट्न पाइने 

काठमाडौँ । आज (आइतबार) देखि दशैँका लागि सुकिला नोट साट्न पाइने भएको छ । राष्ट्र बैंकका अनुसार दशैँका लागि आजदेखि राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय तथा अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट सुकिला नोट साट्न पाइने भएको हो ।

यसवर्ष पनि राष्ट्र बैंकबाट सुकिला नोट साट्न चाहनेले १८ हजार ५ सय रुपैयाँसम्मको सुकिला नोट साट्न पाउनेछन् । जसमा ५, १०, २०, ५० र १०० का एकएक सेट हुने राष्ट्र बैंकले जनाएको छ । 

विगतका वर्षहरुमा राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै नयाँ नोट सटही सुविधा दिँदै आएको भए पनि यसवर्ष भने नयाँ नोटको साटो सुकिला नोट दिनेछ । 

अघिल्ला वर्ष छपाई भएका सुकिला नोट पर्याप्त रहेको भन्दै यसवर्ष राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिला नोट दिन लागेको हो । सुकिला भए पनि नोटहरु सफा र नयाँजस्तै हुने राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, हरेक वर्ष नयाँ नोट छाप्दा साना दरका नोट व्यवस्थापनमा समस्या भएको भन्दै यसवर्ष नयाँको साटो प्रयोगमा आइसकेका सुकिला नोट साट्ने निर्णय गरेको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register