दसैँमा घर फर्कनेको लागि अग्रिम टिकट बिक्री सुरु (तस्वीरहरु)

काठमाडौँ। दसैँको अवसरमा घर फर्कन चाहने यात्रुहरूका लागि सरकारले असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ। काठमाडौँमा अध्ययन, रोजगारी र व्यापार गर्दै आएका व्यक्तिहरूलाई चाडपर्व मनाउन आफ्नो गाउँ फर्किन सहज होस् भनेर यो व्यवस्था गरिएको हो। अग्रिम टिकट बुकिङ खुला भएपछि घटस्थापनाको मिति नजिकिँदै गर्दा नयाँ बसपार्कमा बिहानैदेखि यात्रुहरूको भीड देखिन थालेको छ। […]

Sep 29, 2024 - 03:33
 0
दसैँमा घर फर्कनेको लागि अग्रिम टिकट बिक्री सुरु (तस्वीरहरु)

काठमाडौँ। दसैँको अवसरमा घर फर्कन चाहने यात्रुहरूका लागि सरकारले असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ।

काठमाडौँमा अध्ययन, रोजगारी र व्यापार गर्दै आएका व्यक्तिहरूलाई चाडपर्व मनाउन आफ्नो गाउँ फर्किन सहज होस् भनेर यो व्यवस्था गरिएको हो।

अग्रिम टिकट बुकिङ खुला भएपछि घटस्थापनाको मिति नजिकिँदै गर्दा नयाँ बसपार्कमा बिहानैदेखि यात्रुहरूको भीड देखिन थालेको छ।

पश्चिमका दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, रोल्पा, तथा पूर्वका ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरजस्ता गन्तव्यतर्फ जाने टिकट काउन्टरमा भीड बढेको छ।

यो वर्षको दसैँमा करिब १८ देखि २० लाखले उपत्यका छाड्ने सरकारी अनुमान रहेको छ।

तस्वीरहरु:- 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register