विनाश ल्याउने ठूलो वर्षाको सम्भावना कम, मनसुन सकिन लाग्यो ?

काठमाडौं । देशभर मौसममा सुधार आएसँगै विभिन्न नदीमा बाढीको स्थितिमा पनि सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि भारी वर्षा रोकिएसँगै बाढीको स्थितिमा पनि सुधार आएको जानकारी दिएको छ । विभागका बाढीविद् विनोद पराजुलीले सबै नदीहरुमा बाढी सहज अवस्थामा आउने क्रममा रहेको जानकारी गराउँदै अब तत्कालका लागि थप बाढीको जोखिम नरहने […]

Sep 30, 2024 - 00:33
 0
विनाश ल्याउने ठूलो वर्षाको सम्भावना कम, मनसुन सकिन लाग्यो ?

काठमाडौं । देशभर मौसममा सुधार आएसँगै विभिन्न नदीमा बाढीको स्थितिमा पनि सुधार आएको छ ।

जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि भारी वर्षा रोकिएसँगै बाढीको स्थितिमा पनि सुधार आएको जानकारी दिएको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले सबै नदीहरुमा बाढी सहज अवस्थामा आउने क्रममा रहेको जानकारी गराउँदै अब तत्कालका लागि थप बाढीको जोखिम नरहने जानकारी दिए ।

‘बाढी आएका अधिकांश नदीहरुमा पानीको सहत घट्ने क्रममा छ, विस्तारै नदीमा पानीको सतह कम हुँदै जाने छ’, उनले भने –अब मनसुन पनि सकिन लाग्यो, अहिलेको जस्तो विनाश ल्याउने ठूलो वर्षाको सम्भावना कम छ ।’ रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register