न्यायाधीशहरूको संसदीय सुनुवाइका लागि समितिको बैठक बस्दै

काठमाडौँ । न्यायाधीशहको संसदीय सुनुवाइका लागि आज संसदीय समितिको बैठक बस्दैछ । दिउँसो संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया […]

Sep 30, 2024 - 05:05
 0
न्यायाधीशहरूको संसदीय सुनुवाइका लागि समितिको बैठक बस्दै

काठमाडौँ । न्यायाधीशहको संसदीय सुनुवाइका लागि आज संसदीय समितिको बैठक बस्दैछ । दिउँसो संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register