मीनबहादुर गुरुङले बाढीपहिरो पीडितलाई १ करोड सहयोग गर्ने 

काठमाडौँ । भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङले बाढीपहिरो पीडितलाई १ करोड बढी रकम सहयोग गर्ने घोषणा गरेका छन् ।  अविरल वर्षापछि देशभर बाढीपहिरोले मच्चाएको वितण्डाबाट पीडित भएका नागरिकहरुको लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने गुरुङले घोषणा गरेका हुन् ।  बाढीपहिरोबाट विस्थापित भएका नागरिकको उद्धारका लागि सरकारी राहत […]

Sep 30, 2024 - 09:53
 0
मीनबहादुर गुरुङले बाढीपहिरो पीडितलाई १ करोड सहयोग गर्ने 

काठमाडौँ । भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङले बाढीपहिरो पीडितलाई १ करोड बढी रकम सहयोग गर्ने घोषणा गरेका छन् । 

अविरल वर्षापछि देशभर बाढीपहिरोले मच्चाएको वितण्डाबाट पीडित भएका नागरिकहरुको लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने गुरुङले घोषणा गरेका हुन् । 

बाढीपहिरोबाट विस्थापित भएका नागरिकको उद्धारका लागि सरकारी राहत कोषमा उक्त रकम जम्मा गर्न लागेको गुरुङले बताएका छन् । विपत्तिमा सहयोग गर्नु जिम्मेवार नागरिकको दायित्व भएको भन्दै सरकारमार्फत पीडितलाई सहयोग पठाउन लागेको गुरुङको भनाई छ । 

गुरुङले बाढीपहिरो पीडितको सहयोगार्थ घोषणा गरेको रकम सरकारमार्फत आवश्यकताअनुसार पीडितसम्म पुर्याइनेछ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register