बाढीले भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति भएको छ : मन्त्री दाहाल 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्ब भन्दा बढीको क्षति भएको बताएका छन् । अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन विषयक कार्यक्रममा मन्त्री दाहालले प्राकृतिक प्रकोपबाट देशका केही स्थानमा पक्लीपुल देखि सडक, झोलुङ्गे पुल बगाएको र ठुलो क्षति […]

Sep 30, 2024 - 10:09
 0
बाढीले भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति भएको छ : मन्त्री दाहाल 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्ब भन्दा बढीको क्षति भएको बताएका छन् ।

अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन विषयक कार्यक्रममा मन्त्री दाहालले प्राकृतिक प्रकोपबाट देशका केही स्थानमा पक्लीपुल देखि सडक, झोलुङ्गे पुल बगाएको र ठुलो क्षति भएको बताएका हुन् ।

उनले क्षतिग्रस्त सडकहरूको मर्मत गरी यातायात सुचारु गर्ने सरकारको मुख्य प्राथमिकता रहेको धारणा राखे । चाडबाडअघि नै अवरुद्ध भएका सबै सडक सञ्जाल सुचारु भइसक्ने जानकारी दिँदै मन्त्री दाहालले अन्य सडकखण्डहरु पनि मर्मत गरिने बताए ।

उनले चाडबाडमा हवाई भाडा निकै महँगो देखिएकाले त्यसलाई नियन्त्रण गर्न पनि सरकार लागिरहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register