वर्षाजन्य विपद्ः ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध

ललितपुर । वर्षाजन्य विपद्का कारण ललितपुरमा काठमाडौँ उपत्यका खानेपानी आयोजना (केयुकेएल)को खानेपानी अवरुद्ध भएको छ । हालैको अविरल वर्षाका कारण फर्पिङ हेण्ड पोष्टदेखि फर्पिङ पम्प हाउससम्म आउने पेनस्टक पाइप र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइप लाइनमा क्षति पुग्न गएकाले खानेपानी सेवा अवरुद्ध भएको केयुकेएल ललितपुर शाखा प्रमुख लीला भट्टले जानकारी गराए । उनले भने […]

Sep 30, 2024 - 05:57
 0
वर्षाजन्य विपद्ः ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध

ललितपुर । वर्षाजन्य विपद्का कारण ललितपुरमा काठमाडौँ उपत्यका खानेपानी आयोजना (केयुकेएल)को खानेपानी अवरुद्ध भएको छ ।

हालैको अविरल वर्षाका कारण फर्पिङ हेण्ड पोष्टदेखि फर्पिङ पम्प हाउससम्म आउने पेनस्टक पाइप र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइप लाइनमा क्षति पुग्न गएकाले खानेपानी सेवा अवरुद्ध भएको केयुकेएल ललितपुर शाखा प्रमुख लीला भट्टले जानकारी गराए ।

उनले भने – नल्लुबाट पानी आउने पाइप लाइन र इन्टेक पूरै क्षति भएको छ, त्यहाँको स्थलगत निरीक्षण नै हुनसकेको छैन, फर्पिङडाँडा नै पहिरो गएको हुनाले पाइप बाङ्गिएको छ, कतिपय ठाउँमा फुटेको पनि छ, यसलाई पुनःस्थापित गर्न अलि समय लाग्छ।

पहिरोले सडकको क्षति भएको हुँदा मुहानसम्म पुगेर स्थलगत निरीक्षण गर्न समस्या भइरहेको उनले बताए । यसबाट करिब ७० प्रतिशत घरमा खानेपानी सेवा प्रभावित भएको छ । स्थलगत निरीक्षणबाट विपद्मा भएको क्षतिको मूल्याङ्कन भएपछि सेवा पुनःस्थापित गर्नका लागि १० दिन जति लाग्ने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register