महालक्ष्मी विकास बैंकले गर्यो नख्खुखोलाको बाढीमा दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान

काठमाडौँ । अविरल वर्षासँगै ललितपुर महानगरपालिका वडा न. १३, नख्खुखोलामा आश्विन १२ गते आएको बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरको छ । आश्विन १३ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच चणिकलाल तामाङले जोखिमकाबीच देखाएको […]

Sep 30, 2024 - 07:33
 0
महालक्ष्मी विकास बैंकले गर्यो नख्खुखोलाको बाढीमा दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान

काठमाडौँ । अविरल वर्षासँगै ललितपुर महानगरपालिका वडा न. १३, नख्खुखोलामा आश्विन १२ गते आएको बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरको छ ।

आश्विन १३ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच चणिकलाल तामाङले जोखिमकाबीच देखाएको अदम्य साहस र उनको अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामङ्गलाई रु. १ लाख नगद सहित सम्मान गरिएको हो ।

यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्दार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले देशैं भरि आएको बाढी पहिरोको कारण ज्यान गुमाएका व्यक्तिहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register