एनएमबि बैंकद्वारा विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ ।  एनएमबि बैंक लिमिटेडले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले विश्व मुटु दिवसको अवसरमा असोज १३ गते बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ स्वास्थ्य शिविर सञ्चालन गरिएको बैंकको जनाएको छ ।  एनएमबि बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा […]

Sep 30, 2024 - 07:57
 0
एनएमबि बैंकद्वारा विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ ।  एनएमबि बैंक लिमिटेडले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले विश्व मुटु दिवसको अवसरमा असोज १३ गते बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ स्वास्थ्य शिविर सञ्चालन गरिएको बैंकको जनाएको छ । 

एनएमबि बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरूको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने विश्वासका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ । 

उक्त कार्यक्रममा स्वास्थ्यकर्मी र विशेषज्ञहरूले साधारण स्वास्थ्य परिक्षण गरि मुटुलाई स्वस्थ राख्नका लागि आवश्यक केही महत्वपूर्ण जानकारीहरू उपलब्ध गराएका थिए ।साथै, कार्यक्रमको माध्यमबाट मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जीवनयापन र नियमित स्वास्थ्य परीक्षणको महत्व बारे जानकारी प्रवाह गरिएको बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register