जिम वा व्यायाम गर्दा देखिने यस्ता सङ्केतलाई नगर्नुहोस् बेवास्ता !

एजेन्सी । नियमित व्यायाम, जिम र वर्कआउट शरीरलाई स्वस्थ राख्ने महत्त्वपूर्ण उपायहरू हुन् । जिममा होस् वा अन्य कुनै प्रकारको शारीरिक व्यायामले रक्त संचारलाई ठिक राख्न, इम्युनिटी बढाउन र गम्भीर क्रोनिक रोगबाट बचाउन मद्दत गर्छ । तर, पछिल्ला केही वर्षमा जिमको क्रममा हृदयाघात वा कार्डियाक अरेस्टका कारण धेरै व्यक्तिको मृत्यु भएका घटना देखिएका छन् । […]

Sep 30, 2024 - 09:49
 0
जिम वा व्यायाम गर्दा देखिने यस्ता सङ्केतलाई नगर्नुहोस् बेवास्ता !

एजेन्सी । नियमित व्यायाम, जिम र वर्कआउट शरीरलाई स्वस्थ राख्ने महत्त्वपूर्ण उपायहरू हुन् । जिममा होस् वा अन्य कुनै प्रकारको शारीरिक व्यायामले रक्त संचारलाई ठिक राख्न, इम्युनिटी बढाउन र गम्भीर क्रोनिक रोगबाट बचाउन मद्दत गर्छ ।

तर, पछिल्ला केही वर्षमा जिमको क्रममा हृदयाघात वा कार्डियाक अरेस्टका कारण धेरै व्यक्तिको मृत्यु भएका घटना देखिएका छन् । जब शारीरिक व्यायामले हृदयलाई स्वस्थ राख्ने मानिन्छ भने यसैका कारण हार्ट अट्याक वा कार्डियाक अरेस्टका घटना किन बढिरहेका छन् ? यस्तो अवस्थामा के जिम गर्नु हुँदैन ?

विशेषज्ञका अनुसार उच्च तीव्रताका व्यायामले रक्तचापलाई छिटो बढाउँछ, जसले हृदयमा अचानक तनाव पुर्‍याउँछ । जो व्यक्तिलाई पहिले नै उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, वा कोरोनरी आर्टरी डिजीज जस्ता कुनै रोग छ, तिनीहरूमा यसको जोखिम बढी हुन सक्छ ।

सावधानीका संकेतहरूः

छातीको दुखाइ : व्यायामको क्रममा छातीमा भारीपन वा दुखाइ भएमा तुरुन्तै व्यायाम रोक्नुहोस् र आराम गर्नुहोस् । छातीको दुखाइ हात, घाँटी वा पछाडि फैलिन सक्छ भने हृदय घातको संकेत हुन सक्छ । यस्तो अवस्थामा व्यायाम रोकेर डाक्टरको सल्लाह लिनुहोस् ।

सास फेर्न गाह्रो हुनु: केही सास फेर्न गाह्रो हुनु सामान्य हो, तर अत्याधिक गाह्रो भएमा यो मुटुको समस्याको संकेत हुन सक्छ । व्यायाम रोक्नुहोस् र खुला हावामा सास लिनुहोस् र चिकित्सकको सल्लाह लिनुहोस्।

चक्कर लाग्नु वा बेहोस हुनु: व्यायामको क्रममा वा पछि चक्कर लाग्नु वा बेहोस हुनु हृदयसम्बन्धि समस्याको संकेत हुन सक्छ । यस्तो अवस्थामा पनि तुरुन्तै व्यायाम रोकेर अस्पताल जानुहोस् ।

व्यायाम गर्दा आफ्नो शरीरका सङ्केतलाई ध्यानमा राखेर सुरक्षित रहनुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register