काभ्रेमा अलपत्र एक सय ४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौं ल्याइयो

काठमाडौं । काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा अलपत्र परेका एक सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौं ल्याएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट करिब १५ किलोमटिरपूर्व दाहाल डाँडा भन्ने ठाउँबाट १३ महिला ४९ पुरुष र तीन बच्चा गरी ६५ जनालाई काठमाडौंतर्फ ल्याएको हो । यस्तै काभ्रेको विभिन्न ठाउँबाट हेलिकप्टरमार्फत […]

Sep 30, 2024 - 17:29
 0
काभ्रेमा अलपत्र एक सय ४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौं ल्याइयो

काठमाडौं । काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा अलपत्र परेका एक सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौं ल्याएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट करिब १५ किलोमटिरपूर्व दाहाल डाँडा भन्ने ठाउँबाट १३ महिला ४९ पुरुष र तीन बच्चा गरी ६५ जनालाई काठमाडौंतर्फ ल्याएको हो ।

यस्तै काभ्रेको विभिन्न ठाउँबाट हेलिकप्टरमार्फत उद्धार गरी धुलिखेल ल्याइएका ४२ महिला, ३३ पुरुष र आठ बच्चा गरी ८३ जनालाई काठमाडौं ल्याइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register