नविनको अन्तिम शब्द- आमा म पुग्दै छु खाना बनाइराख्नु आमाको लागि अन्तिम भन्यौ

काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिका वडानं १ चिउरी बस्ने नरेन्द्र बहादुर सिंह र श्रीमती भगवती देवी सिंहका छोरा स्व।नवीन सिंहले घटना हुनु अधि फोन गरेर म पुग्दै छु आमा थोरै समय लाग्छ खाना पकाई राख्नु भनेको अन्तिम आवाज आमाको कानमा गुन्जीरहेको छ । नरेन्द्र बहादुर सिंहका एक छोरा र दुई छोरी हुन्। स्व नवीन आफ्नो […]

Sep 30, 2024 - 17:47
 0
नविनको अन्तिम शब्द- आमा म पुग्दै छु खाना बनाइराख्नु आमाको लागि अन्तिम भन्यौ

काठमाडौं ।

बझाङको जयपृथ्वी नगरपालिका वडानं १ चिउरी बस्ने नरेन्द्र बहादुर सिंह र श्रीमती भगवती देवी सिंहका छोरा स्व।नवीन सिंहले घटना हुनु अधि फोन गरेर म पुग्दै छु आमा थोरै समय लाग्छ खाना पकाई राख्नु भनेको अन्तिम आवाज आमाको कानमा गुन्जीरहेको छ । नरेन्द्र बहादुर सिंहका एक छोरा र दुई छोरी हुन्।


स्व नवीन आफ्नो आमा भेट्न चितवन बाट काठमाडौं आउँदै थिए तर बिडम्बना एका एक पहिरो मा परेर सिंह बाटोमै अस्ताय
आफ्नो दाइ आउने खुसी मा बहिनीहरुले बाटो हरेर बसेकि थिइन् तर आज आमाले दुईछोरीलाई काखीमा च्यापेर भन्छन् तिम्रो दाइ आउँदैछ नरोउ छोरी।

पढाईको शिलशिलामा रामपुर पढिरहेका मृतक।नविन स्हि आमा भेट्न भनी काठमाडौ आउदै थिए।बिएसी एजी, अन्तिम सेमिस्टर ,रामपुर चितवन,मा सकेर केही महिना अगाडि डोल्पा मा ओजेन्टि गरेर रिपोट क्याम्पस मा बुझार उनि काठमाडौं जान्दै थिए।स्व सिंह २४बर्षका थिए उनीकाठमाडौ ,भक्तपुरमा कोठा भाडामा आमा,दिदि बहिनी र कान्छा बुवाको छोरा संगै बस्दै आएका थिए । शुक्रबार राती झायापरे खोला नागढुङ्गा नजिकै को पहिरो मा परी उनको मृत्यु को खबर ले जयपृथ्वी नगरपालिका वडा नं १गाउ नै स्वग मा परिणत भएको छ।


नेविसंघको सक्रिय राजनीतिमा लागेका नविन आज एकासि पहिरो मा परी मूत्यु को खबरले नेविसंघ अध्यक्ष दुजाङ्ग सेर्पा,नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्नुनजंग सिंह,काँग्रेस नेता अभिषेक सिंह ,पार्टी सचिव झलक कठात,नेविसंघका केन्द्रीय सदस्यहरू,शुभचिन्तकहरू सिंह को स्रदान्जली दिन काठमाडौं को पशुपति आर्यघाटमा आएका थिए। दशै मनाउन आमा दिदि बहिनि सगै आउन्छु भनेर काठमाडौं हिडेका नविन शुक्रबार राति १० बजे आपनो बुवा नरेन्द्र सिंहलाई फोन सम्पर्क गरेका थिए। बाटोमा जाम छ आउदै छु बाबा भन्यो उनका बुवा नरेन्द्र सिंह अहिले यही शब्द सुनेर भयाबह भएका छन।

एक मिनेट पन्ध्र सेन्केड को फोन कल मा भएको कुरामा एक्कै छिन पछि काठमाडौ पुग्नेहो बाबा भन्यो,आज मेरो लागि यो शब्द कहिले नबिश्नने भएको छ।

नविनको साथिहरु भन्छन सधै मौसम हेरेर हिड्ने मान्छे हो तर आज यस्तो होला भनेर सोच्न पनि हामीले सकेका छैनौं।
कूषि विज्ञ हुने ठुलो सपना लिएर पढेका नविन आज हामी माझ नहेनन यो खबरले अहिले नविनको क्यामपस साथिहरु घरपरिवार गाउँ टोलमा निकै भावुक बनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register