शिवसताक्षीमा बजार अनुगमन : सडेको मासु फेला

शिवसताक्षी, १४ असोज । झापा शिवसताक्षी नगरपालिकाले आजबाट बजार अनुगमन सुरु गरेको छ । चाड बाड नजिँकदै गर्दै बजार अखाद्य बस्तुहरु विक्री वितरण हुने भएकाले नगरपालिकाले बजार अनुगमन सुरु गरेको हो । आज शिवसताक्षी वडा नं. १ स्थित धरमपुर बजार अनुगमन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । बजार अनुगमनमा क्रममा पहिलेको जस्तो ठुलो परिमाणमा अखाद्य [...] The post शिवसताक्षीमा बजार अनुगमन : सडेको मासु फेला appeared first on Jhapa Online.

Sep 30, 2024 - 16:34
 0
शिवसताक्षीमा बजार अनुगमन : सडेको मासु फेला

शिवसताक्षी, १४ असोज । झापा शिवसताक्षी नगरपालिकाले आजबाट बजार अनुगमन सुरु गरेको छ । चाड बाड नजिँकदै गर्दै बजार अखाद्य बस्तुहरु विक्री वितरण हुने भएकाले नगरपालिकाले बजार अनुगमन सुरु गरेको हो ।

आज शिवसताक्षी वडा नं. १ स्थित धरमपुर बजार अनुगमन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । बजार अनुगमनमा क्रममा पहिलेको जस्तो ठुलो परिमाणमा अखाद्य बस्तुहरु फेला नपरेको नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् ।

छिटपुट रुपमा केही पसलहरुबाट विस्कुट, पाउरोटी, कोल्डड्रिक्सहरु म्याद गुज्रिएको अवस्थामा फेला परे पनि गएको अनुगमनमा भेटिए जस्तो ठूलो परिमाणमा नभेटिएको उनले जानकारी दिइन् । धरमपुरको एक मासु पसलबाट सडेको मासु फेला परेको थियो । उनले भनिन् त्यसलाई अनुगमन टोलीले खाल्डो खनेर पुरिदियो ।

अनुगमनका क्रममा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्हाङफेले नगरबासीको स्वास्थ्यलाई मध्य नजर गर्दैै व्यापारीहरुले चाडपर्वमा म्याद गुज्रिएका सामाग्री बेच्ने गरेकाले पनि यस अनुगमन गर्नु परेको बताइन् ।

कुुनै कुनै खाद्य सामाग्रीहरु स्थानीय व्यापारीहरुसँग आइपुग्दा नै म्याद गुज्रिन लाग्दा आइपुग्ने व्यापारीहरुले गुनासो गरेका छन् । व्यापारी भन्छन् हामीले सामान अडर गर्छै, सामान हामीसँग आइपुग्दा आउँदा नै म्याद सकिन लाग्दा आइपुग्छ । कतिपय सामानको हामीलाई पनि थाहा हुँदैन ।

अनुगमनका क्रममा १५ ओटा पसलको नविकरण गर्न बाँकी र २ ओटा पसल नयाँ दर्ता गर्नु पर्ने देखिएको अनुगमन टोलीका सदस्य तथा सहकारी प्रमुख बद्री दाहालले जानकारी दिए । धरमपुरमा कृषि शाखा प्रमुख रविन भट्टराई, स्वास्थ्य शाखाका हरि विमली, कर्मचारी दिपक तामाङ, प्रहरी, नगर प्रहरी लगायतको टोलीले अनुगमन गरेको थियो ।

The post शिवसताक्षीमा बजार अनुगमन : सडेको मासु फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register