हङकङका गुरुङद्वयलाई लन्डनमा तमु समाज यूकेको सम्मान

लन्डन । तमु समाज यूकेले बेलायत भ्रमणमा रहेका तमु समाज हङकङका संस्थापक अध्यक्ष कोमल गुरुङ (स्याङ्जाली कान्छा) र महिला विभाग अध्यक्ष राधा गुरुङलाई सम्मान गरेको छ । लन्डन वेम्बलीको बरहामपार्कस्थित तमु समाज यूकेको सामुदायिक भवनमा गत २६ अगष्ट सोमबार एक कार्यक्रम गरि गुरुङद्वयलाई स्वागत तथा सम्मान गरिएको हो । समाजकी अध्यक्ष विन्दु घले गुरुङको अध्यक्षतामा […]

Aug 28, 2024 - 06:41
 0
हङकङका गुरुङद्वयलाई लन्डनमा तमु समाज यूकेको सम्मान

लन्डन । तमु समाज यूकेले बेलायत भ्रमणमा रहेका तमु समाज हङकङका संस्थापक अध्यक्ष कोमल गुरुङ (स्याङ्जाली कान्छा) र महिला विभाग अध्यक्ष राधा गुरुङलाई सम्मान गरेको छ ।

लन्डन वेम्बलीको बरहामपार्कस्थित तमु समाज यूकेको सामुदायिक भवनमा गत २६ अगष्ट सोमबार एक कार्यक्रम गरि गुरुङद्वयलाई स्वागत तथा सम्मान गरिएको हो ।

समाजकी अध्यक्ष विन्दु घले गुरुङको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष केदार गुरुङले सञ्चालन गरेका थिए । जलपानसँगै तमु समाजको परिचयात्मक भिडियो क्लिप देखाएर उक्त कार्यक्रम सुरु भएको थियो ।

इथ्निक माइनोरिटिज् कमिटी सदस्य, जनसेवा समितिका हङकङका पूर्वअध्यक्ष, हङ कङ र मकाउ स्थित विभिन्न ब्यवसायमा आवद्ध रहेका र एनआरएनए हङकङका सल्लाहकारसमेत रहेका अध्यक्ष कोमल र महिला विभाग अध्यक्ष राधाबारे उपाध्यक्ष केदारले विस्तृत जानकारी गराएका थिए । अध्यक्ष विन्दु र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ तथा आमा अध्यक्ष विमला गुरुङ एवं निवर्तमान अध्यक्ष उमादेवी गुरुङले संयुक्त रूपमा खादा, माला, फेटा र समाजको लोगो अंकित प्ल्याक मायाको चिनोसहित सम्मान गरे ।

निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, पूर्व अध्यक्ष अर्जुन कुमार गुरुङ, शिवचन्द्र गुरुङ, तमुधिं यूकेका पूर्व अध्यक्ष तथा तमु समाज यूके सल्लाहकार सुबसिं गुरुङ बीइएम, सल्लाहकार काउन्सिलर कमल गुरुङ, सल्लाहकार लेख गुरुङ ,सल्लाहकार बाबु राम गुरुङ, सल्लाहकार याम बहादुर गुरुङ, सल्लाहकार हर्क बहादुर गुरुङ, सल्लाहकार धरम बल गुरुङ, सल्लाहकार खेम बहादुर गुरुङ, सल्लाहकार बिजु गुरुङ सल्लाहकार तथा आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङ, आमा समूहकी निवर्तमान अध्यक्ष श्रीमति उमा देवी गुरुङ, सल्लाहकार उदय गुरुङ, तमु समाजका सल्लाहकार लगायत उपस्थित सबैजनाले खादा र माला लगाएर समाजसेवी कोमल गुरुङ र राधा गुरुङलाई स्वागत सम्मान गरेका थिए ।

तमु समाज हङकङका संस्थापक अध्यक्ष कोमल गुरुङले आफूहरुलाई तमु समाज यूकेले भव्य रुपमा स्वागत, सम्मान गरेकामा धन्यवाद व्यक्त गर्दै तमु समाज यूके र तमु समाज हङकङबीच सुमधुर सम्बन्ध रहेको बताए । उनले राम्रा कार्यको एकअर्कामा अनुशरण गर्दै संस्थाको हितमा समर्पण हुन पनि जोड दिए ।

उनले आगामी दिनमा पनि दुई संस्थाबीचको सम्बन्ध अझै प्रगाढ बनाउने भूमिका खेल्ने प्रतिवद्धता जनाए । उनीहरु दुवैजनाले तमु समाज यूकेलाई ५०० पाउन्ड आर्थिक सहयोग गरेका छन् । महिला विभाग अध्यक्ष राधा गुरुङले पनि आफूहरूलाई सम्मान गरेकामा तमु समाज यूके, आमा समूहका पदाधिकारी, सदस्यसहित सबैप्रति धन्यवाद ब्यक्त गरिन् ।

अन्त्यमा तमु समाज यूकेकी अध्यक्ष विन्दु घले गुरुङले तमु भवनमा समाजसेवी कोमल गुरुङ र राधा गुरुङलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताइन् । दुवै जनाको बेलायत बसाइ सुखद रहोस् भन्दै अध्यक्षले तमु समाजका उपस्थित सम्पूर्ण सदस्यलाई धन्यवाद दिएकी थिइन् ।

अध्यक्ष घलेले कार्यक्रममा खाना एवं जलपान प्रवन्ध गर्ने तमु समाज आमा समूहका आमा दिदी बहिनीलाई पनि धन्यवाद दिइन् ।

गत २१ अगष्टमा बेलायत आएका कोमल शुक्रबार फर्किने कार्यक्रम छ । गुरुङ छोरी रोस्मीको उच्च शिक्षाका ब्यवस्थापन मिलाउन बेलायत आएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register