नेपाली सेनाको प्रधानसेनापतिमा सिग्देल

काठमाडौं । नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलले कामु प्रधानसेनापति अशोकराज सिग्देललाई भदौ २४ गतेदेखि लागू हुने गरी बुधबार प्रधानसेनापतिमा नियुक्त गर्नु भएको छ। मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो। कामु प्रधानसेनापतिमा नियुक्त हुनुभएका सिग्देललाई प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो कमान्ड यसअघि नै हस्तान्तरण गरेर उहाँ बिदामा बस्नुभएको छ। ३८ […]

Aug 29, 2024 - 03:17
 0
नेपाली सेनाको प्रधानसेनापतिमा सिग्देल

काठमाडौं ।

नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलले कामु प्रधानसेनापति अशोकराज सिग्देललाई भदौ २४ गतेदेखि लागू हुने गरी बुधबार प्रधानसेनापतिमा नियुक्त गर्नु भएको छ।

मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो। कामु प्रधानसेनापतिमा नियुक्त हुनुभएका सिग्देललाई प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो कमान्ड यसअघि नै हस्तान्तरण गरेर उहाँ बिदामा बस्नुभएको छ।

३८ वर्षदेखि नेपाली सेनामा कार्यरत रहनुभएका सिग्देलले स्वदेश तथा विदेशबाट उच्च शिक्षा र सैनिक तालिम सम्पन्न गर्नुभएको छ। उहाँले आर्मी कमान्ड एन्ड स्टाफ कलेज, शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर, नेपालको आर्मी वार कलेजबाट हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गर्नुभएको छ।

प्रधानसेनापतिमा नियुक्त हुनुभएका सिग्देलले पदिक पृतना, बाहिनी र गणको कमान्ड गर्नुका साथै प्रतिविद्रोह तथा जंगल वारफेयर स्कुलको कमान्डेन्टका रूपमा समेत सफलतापूर्वक जिम्मेवारी बहन गर्नुभएको थियो । उहाँले युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको विभागीय प्रमुखका साथै प्रधानसेनापतिको सैनिक सहायकका रूपमा समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो।

अन्तर्राष्ट्रिय सेमिनार, तालिम तथा बैठकहरूमा सहभागिताका अलावा उहाँले संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकका रूपमा पूर्वयुगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा खटिनुभएको अनुभव छ। बलाधिकृत रथी सिग्देल सुप्रबल जनसेवाश्री तेस्रोलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक र मानपदवीहरूबाट विभूषित हुनुहुन्छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register