प्रस्तावित राजदूतहरुको सुनुवाई सुरु, १७ मध्ये ४ जनाविरुद्ध मात्रै उजुरी

काठमाडौं । सरकारले १७ देशका लागि प्रस्ताव गरेका राजदूतहरूको सुनुवाइ आज सुरु भएको छ । संसदीय सुनुवाइ विशेष समितिको बैठकमा प्रस्तावित राजदूतबारे सुनुवाइ सुरु भएको हो । आज चार देशमा प्रस्तावित राजदूतको सुनुवाई हुने बताइएको छ । अहिले चीनका लागि प्रस्तावित राजदूत डा. कृष्णप्रसाद ओलीको सुनुवाइ चलिरहेको छ । बैठकमा प्रस्तावित राजदूत ओलीले कार्ययोजना प्रस्तुत […]

Sep 1, 2024 - 08:13
 0
प्रस्तावित राजदूतहरुको सुनुवाई सुरु, १७ मध्ये ४ जनाविरुद्ध मात्रै उजुरी

काठमाडौं । सरकारले १७ देशका लागि प्रस्ताव गरेका राजदूतहरूको सुनुवाइ आज सुरु भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिको बैठकमा प्रस्तावित राजदूतबारे सुनुवाइ सुरु भएको हो । आज चार देशमा प्रस्तावित राजदूतको सुनुवाई हुने बताइएको छ ।

अहिले चीनका लागि प्रस्तावित राजदूत डा. कृष्णप्रसाद ओलीको सुनुवाइ चलिरहेको छ ।

बैठकमा प्रस्तावित राजदूत ओलीले कार्ययोजना प्रस्तुत गरेका छन् । उनले आफू राजदूत भएपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि पहल गर्ने लगायतका विषय समेटेका छन् ।

संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतमध्ये पहिलो दिन आइतबार ४ जनालाई बोलाएको छ  ।

१७ मध्ये चारजनामाथि मात्रै उजुरी परेको छ । त्यसमा वटा व्यक्ति लक्षित र ५ सैद्धान्तिक गरी ९ वटा उजुरी परेका छन् ।

मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिना, इजरायलका लागि धनप्रसाद पण्डित, भारतका लागि शंकरप्रसाद शर्मा र दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्राडा कपिलमान श्रेष्ठविरुद्ध उजुरी परेको छ ।

समितिले २३ गतेसम्म सुनुवाइ सकेर २४ भदौमा निर्णय सुनाउने तयारी गरेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register