बिर्तामोडमा छ करोड ३१ लाखका सात योजना

बनियानी, २१ भदौ । झापाको बिर्तामोड नगरपालिकामा सात वटा योजनाको आज एकै पटक शिलान्यास गरिएको छ । नगरपालिका छ वटा सडक र एउटा सामुदायिक वनको पार्क निर्माणका लागि आज एकै पटक शिलान्यास गरिएको हो । बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईंले ती योजनाको शिलान्यास गर्नु भएको हो । शहरी विकास मन्त्रालयले महिला जनप्रतिनिधिले नेतृत्व गरिरहेका [...] The post बिर्तामोडमा छ करोड ३१ लाखका सात योजना appeared first on Jhapa Online.

Sep 6, 2024 - 02:18
 0
बिर्तामोडमा छ करोड ३१ लाखका सात योजना

बनियानी, २१ भदौ । झापाको बिर्तामोड नगरपालिकामा सात वटा योजनाको आज एकै पटक शिलान्यास गरिएको छ ।

नगरपालिका छ वटा सडक र एउटा सामुदायिक वनको पार्क निर्माणका लागि आज एकै पटक शिलान्यास गरिएको हो । बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईंले ती योजनाको शिलान्यास गर्नु भएको हो ।

शहरी विकास मन्त्रालयले महिला जनप्रतिनिधिले नेतृत्व गरिरहेका मुलुकभरिका १३ वटा स्थानीय तहलाई नमुना शहर अन्तर्गत पूर्वाधार निर्माणका लागि उपलब्ध गराएको बजेटबाट ती योजनाको निर्माण कार्य शुरु भएको हो ।

मन्त्रालयले बिर्तामोड नगरपालिकालाई रू १३ करोड बजेट उपलब्ध गराएको शहरी विकास कार्यालय झापा इन्जिनियर सुरेशकुमार चौधरीले बताउनुभयो । सात वटै योजनाको एकीकृत रुपमा शान्ति उद्देश्य निर्माण सेवाले ठेक्का कबोल रकमको ३५ प्रतिशत कम अर्थात् भ्याटबाहेक रू छ करोड ३१ लाखको लागतमा ठेक्का लिएको छ ।

मन्त्रालयले उपलब्ध गराएको बजेटबाट करेलाबारी हुँदै बिर्तामोड–१० को विराट आधारभूत स्कुल जोड्ने १३०० मिटर, पूर्वपश्चिम राजमार्ग उत्तर अतिथि सदन हुँदै अर्जुनधारा नगरपालिकाको सिमाना जोड्ने ९०० मिटर, बिर्तामोड–७ को एभरेष्ट स्कुल हुँदै मियाबारी बिर्ताबजारसम्म १२४० मिटर, सांगवेद खादोसरी मार्ग हुँदै बानालाल मार्गसम्म ९४० मिटर, गरामनी त्रिवेणी चोकबाट कटहरबारी हुँदै हल्दिबारीसम्म १२३७ मिटर र पञ्चकन्या धर्मकाँटा उत्तर अर्जुनधारासम्म १२०० मिटर सडक बाटो निर्माण हुने भएको छ भने हरियाली सामुदायिक वनमा पार्क निर्माण हुने भएको छ ।

महिला जनप्रतिनिधिले नेतृत्व गरेको नगर भएकाले नमुना शहर निर्माणको लागि बजेट प्राप्त भएकाले काम थालिएको नगर प्रमुख प्रसाईंले बताउनुभयो । “बिर्तामोडमा धेरै सडक छन्, सबै निर्माण गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “क्रमशः सडक निर्माणको कामलाई अघि बढाउँछौं ।”

शिलान्यास कार्यक्रममा निर्माण कम्पनीका सञ्चालक नयन बरालले समयमै गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाउनुभयो । “समयमा बजेट उपलब्ध भयो भने छ महिना भित्रमा काम सक्छौं”, उहाँले भन्नुभयो ।

The post बिर्तामोडमा छ करोड ३१ लाखका सात योजना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register