दुर्घटनामा घाइते इलामका दिवाङ्कर राईको मृत्यु

झापा, २१ भदौ । गत भदौ १८ गते झापा अर्जुनधारा नगरपालिका–११ गिरीबन्धु टि–स्टेट स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते दुई जनामध्ये एक जनाको मृत्यु भएको छ । बिर्तामोडको मुक्ति चोकबाट काँकरभिट्टा तर्फ जाँदै गरेको मे १० प ३५४४ नम्बरको मोटरसाइकल र धुलाबारीबाट मुक्ति चोकतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नं. को ट्रक एक [...] The post दुर्घटनामा घाइते इलामका दिवाङ्कर राईको मृत्यु appeared first on Jhapa Online.

Sep 6, 2024 - 08:20
 0
दुर्घटनामा घाइते इलामका दिवाङ्कर राईको मृत्यु

झापा, २१ भदौ । गत भदौ १८ गते झापा अर्जुनधारा नगरपालिका–११ गिरीबन्धु टि–स्टेट स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते दुई जनामध्ये एक जनाको मृत्यु भएको छ ।

बिर्तामोडको मुक्ति चोकबाट काँकरभिट्टा तर्फ जाँदै गरेको मे १० प ३५४४ नम्बरको मोटरसाइकल र धुलाबारीबाट मुक्ति चोकतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नं. को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम सूर्योदय–५ का २४ वर्षीय दिवाङकर राई र पछाडि सवार मोरङ सुन्दरहरैंचा नगरपालिका–१० का २८ वर्षीय सुबोद बस्नेत घाइते भएका थिए ।

उनीहरुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा मोटरसाइकल चालक राईको आज बिहान ८ः४५ बजे मृत्यु भएको हो । प्रहरीले ट्रक र ट्रक चालक अर्जुनधारा–६ का ३१ वर्षीय संजय माझीलाई नियन्त्रणमा लिएको छ ।

The post दुर्घटनामा घाइते इलामका दिवाङ्कर राईको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register