इजरायली सेनाको गोलीबाट २६ वर्षीया टर्कीस-अमेरिकी युवतीको मृत्यु

काठमाडौं ।इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाले हानेको गोली टाउकोमा लाग्दा २६ वर्षीया टर्कीस-अमेरिकी युवतीको मृत्यु भएको छ । दोहोरो नागरिकता भएकी आयसेनुर इज्गी एगी नाब्लस नजिकैको बेटा सहरमा नयाँ यहूदी बस्ती निर्माणको विरोधमा भाग लिइरहेकी थिइन् । स्थानीय सञ्चारमाध्यमका अनुसार इज्गीलाई इजरायली सैनिकहरूले गोली हानेका हुन् । इजरायल डिफेन्स फोर्स ९आईडीएफ० ले उक्त […]

Sep 7, 2024 - 07:47
 0
इजरायली सेनाको गोलीबाट २६ वर्षीया टर्कीस-अमेरिकी युवतीको मृत्यु

काठमाडौं ।इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाले हानेको गोली टाउकोमा लाग्दा २६ वर्षीया टर्कीस-अमेरिकी युवतीको मृत्यु भएको छ ।

दोहोरो नागरिकता भएकी आयसेनुर इज्गी एगी नाब्लस नजिकैको बेटा सहरमा नयाँ यहूदी बस्ती निर्माणको विरोधमा भाग लिइरहेकी थिइन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार इज्गीलाई इजरायली सैनिकहरूले गोली हानेका हुन् ।

इजरायल डिफेन्स फोर्स ९आईडीएफ० ले उक्त क्षेत्रमा बन्दुकको गोली लागेर एक विदेशी नागरिकको मृत्यु भएको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ ।

शुक्रबारको प्रदर्शनमा संलग्न अन्य व्यक्तिहरूले बीबीसीलाई भने, ‘इज्गीले अन्तर्राष्ट्रिय एकता आन्दोलनसँगको प्रदर्शनमा भाग लिएको यो पहिलो पटक हो ।’

अन्तर्राष्ट्रिय एकता आन्दोलन प्यालेस्टाइन समर्थक समूह हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले घटनालाई दुःखद् भनेका छन् भने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली कारबाहीलाई बर्बर भनेका छन् ।

ह्वाइट हाउसले यस सम्बन्धमा कुनै आरोप लगाएको छैन तर, इजरायललाई यस विषयमा छानबिन गर्न भनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register