सप्तरीका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा 

काठमाडौं । सप्तरीका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ । तिरहुत गाउँपालिका वडा नं. १ देखि वडा नं. ५ सम्म सोलार बत्ती जडान गर्ने योजनामा वास्तविकताभन्दा बढी खर्च देखाएको भन्दै उनीहरू विरुद्ध मुद्दा दायर गरिएको हो । मुद्दा पर्नेमा सप्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम नारायण साह, इन्जिनियर उग्रानन्द पाठक […]

Sep 8, 2024 - 11:27
 0
सप्तरीका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा 

काठमाडौं । सप्तरीका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ । तिरहुत गाउँपालिका वडा नं. १ देखि वडा नं. ५ सम्म सोलार बत्ती जडान गर्ने योजनामा वास्तविकताभन्दा बढी खर्च देखाएको भन्दै उनीहरू विरुद्ध मुद्दा दायर गरिएको हो ।

मुद्दा पर्नेमा सप्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम नारायण साह, इन्जिनियर उग्रानन्द पाठक र सब–इन्जिनियर जागेश्वर मण्डल, तत्कालीन गाउँपालिका उपाध्यक्ष, योजना अनुगमन समितिको संयोजक लगायत सदस्यहरू रहेका छन् ।

त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष रहेका छन् । उनीहरूले आ.व. २०७४/०७५ मा तिरहुत गाउँपालिकाको वडा नं. १ देखि ५ सम्म सोलार बत्ती खरिद तथा जडान कार्यमा कम काम गरी बढी काम गरेको देखाउँदै ६ लाख ४५ हजार ६६५ रुपैयाँ बढी भुक्तानी लिएको अख्तियारले जनाएको छ ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय (ग) र (ङ) साथै, दफा ८ को उपदफा ४ बमोजिमको कसुरमा बिगो ६ लाख ४५ हजार ६६५ रुपैयाँ तोकिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register