बैंकिङ कसुर तथा सजाय विधेयक पारित, चेक अनादर मुद्दामा ४ वर्षसम्मको कैद हुने
काठमाडौं । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित भएको छ । १० करोडभन्दा बढी चेक अनादर भएको प्रमाणित भए ४ वर्षसम्म कैद सजाय हुने प्रावधानसहित सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिबाट विधेयक पारित भएको हो । समिति सभापति सन्तोष चालिसेका अनुसार बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ मा […]
काठमाडौं । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित भएको छ ।
१० करोडभन्दा बढी चेक अनादर भएको प्रमाणित भए ४ वर्षसम्म कैद सजाय हुने प्रावधानसहित सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिबाट विधेयक पारित भएको हो ।
समिति सभापति सन्तोष चालिसेका अनुसार बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ मा चेक अनादर प्रमाणित भएमा १५ लाखसम्मको चेक अनादरमा एक महिना, ५० लाखसम्म तीन महिना, एक करोडसम्म एक वर्ष र एक करोड रुपैयाँभन्दा माथिको दुई वर्ष र १० करोडभन्दा माथि ४ वर्ष कैद सजाय हुने प्रावधान राखेर विधेयक पारित भएको छ ।
उनले समिति बैठकले चेक अनादरको मुद्दामा १० करोड रुपैयाँभन्दा माथिको बिगोमा २ देखि ४ वर्ष कैद सजाय थप गरिएको बताए । चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने सहमति भने आइतबार नै भएको थियो ।
What's Your Reaction?