कनकाईकी उपपप्रमुख शिवाकोटी ‘शी लिड्स आइकन’ मा छनौट

झापा, २६ भदौ । झापाको कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी देशभरका महिला जनप्रतिनिधिहरुबाट छानिने ‘शी लिड्स आइकन’ मा छनौट हुनुभएको छ। महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने ‘कल्प इम्पावर वेमेन नेपाल’ ले संचालन गरेको ‘शी लिड्स आइकन–२०८१’ को उत्कृष्ट २७ मा कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटी छनोटमा पर्नु भएको हो। ‘हामी रोज्दैछौं हाम्रा प्रतिनिधि’ भन्ने नाराका [...] The post कनकाईकी उपपप्रमुख शिवाकोटी ‘शी लिड्स आइकन’ मा छनौट appeared first on Jhapa Online.

Sep 11, 2024 - 01:24
 0
कनकाईकी उपपप्रमुख शिवाकोटी ‘शी लिड्स आइकन’ मा छनौट

झापा, २६ भदौ । झापाको कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी देशभरका महिला जनप्रतिनिधिहरुबाट छानिने ‘शी लिड्स आइकन’ मा छनौट हुनुभएको छ।

महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने ‘कल्प इम्पावर वेमेन नेपाल’ ले संचालन गरेको ‘शी लिड्स आइकन–२०८१’ को उत्कृष्ट २७ मा कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटी छनोटमा पर्नु भएको हो। ‘हामी रोज्दैछौं हाम्रा प्रतिनिधि’ भन्ने नाराका साथ देशभरका महिला जनप्रतिनिधिहरूको कर्मलाई विश्व सामु परिचित गराउने उद्देश्यले लिइएको आवेदन मध्येबाट उत्कृष्ट २७ छनोट गरिएको हो ।

‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, न्याय तथा नीति, महिला सशक्तीकरण र जवाफदेहिता’ क्षेत्रमा प्रेरणादायी काम गर्ने महिला जनप्रतिनिधिहरूमा पहिलो चरणको छनौटमा परेका २७ मध्ये उत्कृष्ट ३ जना कार्यक्रमको अन्तिम चरणको छनोटमा पर्ने जनाइएको छ ।

महिला जनप्रतिनिधिलाई सम्मान गर्दै महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्ने कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहका १४० जना महिला जनप्रतिनिधिबाट आवेदन प्राप्त भएको र त्यसमध्ये २७ जना महिला जनप्रतिनिधिलाई जनमतका लागि छनोट गरिएको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पूजा कोइरालाले जानकारी दिनुभयो ।

यस अन्तर्गत कोशी प्रदेशबाट २४ जना, मधेश प्रदेशबाट १४ जना, बागमती प्रदेशबाट १२ जना, गण्डकी प्रदेशबाट ११ जना, लुम्बिनी प्रदेशबाट ३६ जना , कर्णाली प्रदेशबाट १६ जना र सुदूरपश्चिमबाट १५ जना महिला जनप्रतिनिधिहरुको आवेदन प्राप्त भएको संस्थाका कार्यक्रम विकास प्रमुख सम्राट थापाले जानकारी दिनुभयो ।

राजनीतिक क्षेत्रबाट अष्टलक्ष्मी शाक्य, सामाजिक क्षेत्रबाट सरु जोशी र मिडिया क्षेत्रबाट चारु चडड़ाको निर्णायक मण्डलले कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट ७, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ३ जना महिला जनप्रतिनिधिहरुलाई जनमतका लागि छनोट गरेको हो । कोशी प्रदेश अन्तर्गत झापाको कनकाई सहित दमक नगरपालिकाकी उपप्रमुख रेगीना भट्टराई प्रसाईँ समेत उत्कृष्ट २७ को छनौटमा पर्नुभएको छ। अब अन्तिम तीनको छनोट मंसिरसम्ममा हुने संस्थाले जनाएको छ । नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत यो कार्यक्रम अघि बढेको जनाइएको छ ।

देशभरका महिला जनप्रतिनिधीहरूको बिचमा प्रतिस्पर्धि र समन्वयकारी भावनाको विकास गराई समाज विकासमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यका साथ आयोजित कार्यक्रमले नेपाली महिला जनप्रतिनिधीहरूको बिगत , वर्तमान र भविष्यको उर्जाशिल कर्मगाथा हेरेर विश्व भरका महिलाहरुमा प्रेरणा र हौसला पुग्ने अध्यक्ष कोईरालाको भनाई छ।

नेपाली महिलाहरुले भोग्दै आएका तमाम विभेद, दमन, अपहेलना र अमानवियता समेतलाई सामना गर्दै राजनैतिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा पुग्न सफल जनप्रतिनिधि महिलाहरु आईकनको प्रतिस्पर्धामा छनौट भएको वताईएको छ ।

The post कनकाईकी उपपप्रमुख शिवाकोटी ‘शी लिड्स आइकन’ मा छनौट appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register