उपचार खर्च नहुँदा दुई वर्षयता ओछ्यान परेका पुरन

द्रोण अधिकारीभद्रपुर, २२ भदौ । दैनिक ज्यालादारी गरेर परिवार धानीरहेका झापा हल्दिवारी ४ ऐनावारी जलथलका २८ वर्षीय पुरनकुमार मेचे २ वर्षयता ओछ्यानको साहारामा बाँचिरहेका छन् । २०७९ असार ६ गते कामबाट फर्कने क्रममा अविरल वर्षादले राम्ररी बाटो देख्न नसक्दा मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका मेचेले रकम अभावमा उपचार गर्न नसकेपछि शरीरको दाइने पाटो नचलेर [...] The post उपचार खर्च नहुँदा दुई वर्षयता ओछ्यान परेका पुरन appeared first on Jhapa Online.

Sep 7, 2024 - 14:32
 0
उपचार खर्च नहुँदा दुई वर्षयता ओछ्यान परेका पुरन

द्रोण अधिकारी
भद्रपुर, २२ भदौ ।
दैनिक ज्यालादारी गरेर परिवार धानीरहेका झापा हल्दिवारी ४ ऐनावारी जलथलका २८ वर्षीय पुरनकुमार मेचे २ वर्षयता ओछ्यानको साहारामा बाँचिरहेका छन् ।

२०७९ असार ६ गते कामबाट फर्कने क्रममा अविरल वर्षादले राम्ररी बाटो देख्न नसक्दा मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका मेचेले रकम अभावमा उपचार गर्न नसकेपछि शरीरको दाइने पाटो नचलेर ओछ्यान परेका हुन् । झापाको दुवागढीमा ट्याक्टर चलाउँदै परिवार पालिरहेका मेचे साथीसित मोटरसाइकलमा घरफर्कने क्रममा गम्भिर घाइने भएका थिए । दुवै जना दैनिक ज्यालादारीमा ट्याक्टरमा काम गर्ने मजदुर भएका कारण विहान संगै जाने र बेलुका संगै फर्कने गर्थे तर त्यस दिन निकै ठूलो वर्षाद भइरहेका कारण बेलुका घर फर्कने क्रममा हल्दिवारी २ पाराखोपी बजार नजिकै विद्युतको पोलमा चिप्लिएर मोटरसाइकल ठोकिदा भएको दुर्घटनामा पछाडि सवार मेचेको टाउकाको अगाडिपट्टि खप्पर उछिटिएर निस्केको थियो ।

साथी पनि विपन्न मजदुर आफू पनि विपन्न मजदुर भएका कारण उपचार गर्न गाउँ छिमेकसित हारगुहार गरेर करिव ६ लाख खर्च गर्दा ज्यान त बाच्यो तर समस्या समाधान भएन । मेचेका अनुसार खप्पर उछिटिदा मेरूदण्डको मूल नशा सरेका कारण शरीरको दाहिने भागमा समस्या आएको हो । त्यही बेला डक्टरले अरू ७ लाख जति खर्च गरेर टाउकोसित जोडिएको मेरूदण्डको मूल नशााको अप्रेशन गर्न सुझाव दिएको भए पनि मेचेसित रकम नभएपछि घर फर्कनु परेको थियो ।

२ छोरा सहित श्रीमतीको पालन पोषणको जिम्मेवारी बहन गरिरहेका मेचे २ वर्षयता आफैं ओछ्यानमा थला परेर बसेका छन् । हल्दिवारी ४ जलथलमा मूल घर भए पनि मेचे परिवारसित कच्ची झुप्रो र एक कठ्ठा जमीन मात्र छ । सगोलको त्यो जमीन पनि आमाको नाममा रहेको छ । पछिल्लो ३ महिनायता भद्रपुर ७ चन्द्रगढीमा बस्दै आएका मेचेकी श्रीमती अरूणा राजवंशी मेचेले दैनिक ज्यालादारी गरेर परिवार धानीरहेकी छिन् । माशिक दुई हजार भाडा तिरेर चन्द्रगढीमा बसिरहेका मेचे परिवारलाई छाक टार्न र उपचार गर्न निकै समस्या छ । डक्टरले अप्रेसन नगर्दासम्म दैनिक थेरापी गराउन सुझाव दिएको भए पनि मेचेको रकम अभावले थेरापी पनि हुन सकेको छैन ।

श्रीमती अरूणाका अनुसार नशाको अप्रेसन गर्न करिव १० लाख जति खर्च हुने अस्पतालको भनाइ छ । विहान बेलुका गाँस जुटाउन धौ धौ परिरहेको मेचे परिवारलाई १० लाख जुटाउन सहज पनि छैन । दैनिक थेरापी गराउँदा पनि हरेक दिन हजार रूपैया तिर्नु पर्ने बाध्यता छ । ते पनि जुटाउन नसकेपछि पूरै आछ्यान परेका पूरन वाकरको साहारामा शौचालय जाने प्रयाससम्म गर्छन् । कम्मरमुनीको दाहिने भाग अररो भएर नचल्ने कारण शौच गर्न पनि समस्या छ । कोठाबाट निस्कन वाकरको साहरा लिने गरेका मेचेले आर्थिक सहयोग जुटे नशाको अप्रेसन गरेर सामान्य जीवनमा फर्कने आशा राखेका छन् ।

सरकारी तथा गैर सरकारी सहयोग र मनकारी दाता नपाएका उनले उर्वर यौवनमा ओछ्यान पर्नु पर्दा निराश हुनु परेको दुखेसो पोखेका छन् । कक्षा १० सम्म अध्ययन गरेका मेचे रोगबाट मुक्त हुन सके श्रम गरेरै देश र समाजको सेवा गर्ने बताउँछन् । आफैंले केही गर्छु भन्ने सोचले मजदुरी गरेर परिवारको विपन्नता हटाउन लागिरहेका उनी आफै थलिएपछि परिवारमा विपन्नता अझ बढेर गएको छ ।

श्रीमती अरूणाले भेटेसम्म काम गरेर ल्याएको पैसाबाट दुई छोराको पढाई खर्च र घरभाडा, खाना त जुटाइरहेकी छिन् तर थलिएका श्रीमानको उपचार गर्न नसकेको पीडाले उनलाई सताइरहेको छ । मानवीय सहयोग जुटे पहिलेकै अवस्थामा श्रीमान् आउने विश्वास राखेकी अरूणाले दातासित सहयोग गरिदिन आग्रह समेत गरेकी छिन् । उनले सिटिजन्स बैंक हल्दिवारीको अरूणा राजवंशी मेचेको नाममा रहेको खाता नम्वर ०६३०१०००००७२२०४१ मा रकम दिन चाहने दातालाई जम्मा गर्न या ९८१४०१५९०२ मोवाइल नम्वरमा सम्पर्क गर्न सकिने समेत बताएकी छिन् । उनले दैदिक ज्याला मजदुरी गरेर लाखौं जुटाउन नसकेपछि श्रीमान् ओछ्यान पर्न बाध्य भएको भन्दै नवजवान युवालाई बचाइ दिन आग्रह समेत गरेकी छिन् ।

The post उपचार खर्च नहुँदा दुई वर्षयता ओछ्यान परेका पुरन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register