विश्वविद्यालयमा राजनैतिक दलहरुले भागबन्डाका आधारमा गरिने नियुक्ति गुणस्तरीय शिक्षाका लागि बाधक : महामन्त्री थापा

बुटवल।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विश्वविद्यालयहरुमा राजनैतिक दलहरुले भागबन्डाका आधारमा गरिने नियुक्ति गुणस्तरीय शिक्षाका लागि बाधक रहेको बताएका छन् ।  शुक्रबार रुपन्देहीको  शुद्धोदनमा सञ्चालित यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पसको २० औं क्याम्पस सभा, ७ औ अधिवेशन तथा भवन समुदघाटन समारोहमा  वोल्दै महामन्त्री थापाले राजनैतिक दलको भागबन्डामा नियुक्ति भएर आउने हरुले विश्वविद्यालयको शिक्षालाई जुन हैसियतमा […]

Sep 14, 2024 - 05:46
 0
विश्वविद्यालयमा राजनैतिक दलहरुले भागबन्डाका आधारमा गरिने नियुक्ति गुणस्तरीय शिक्षाका लागि बाधक : महामन्त्री थापा

बुटवल। 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विश्वविद्यालयहरुमा राजनैतिक दलहरुले भागबन्डाका आधारमा गरिने नियुक्ति गुणस्तरीय शिक्षाका लागि बाधक रहेको बताएका छन् ।  शुक्रबार रुपन्देहीको  शुद्धोदनमा सञ्चालित यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पसको २० औं क्याम्पस सभा, ७ औ अधिवेशन तथा भवन समुदघाटन समारोहमा  वोल्दै महामन्त्री थापाले राजनैतिक दलको भागबन्डामा नियुक्ति भएर आउने हरुले विश्वविद्यालयको शिक्षालाई जुन हैसियतमा पुराउनु पर्ने हो त्यो सम्भव नदेखिएको दाबी गरे। 

 दलहरुलाई भागबन्डाका आधारमा गरिने नियुक्तिवालाले सोही दलको भावना अनुसार मात्र काम गर्ने गरेको विगतका उदाहरणले पुष्टि गरेको समेत महामन्त्री थापाले बताए । सरकारले उच्च शिक्षामा लगानी वृद्धि गरी पठन पाठन शैलीलाई सुधार गर्न जरुरी रहेको छ भन्दै उनले पठनपाठन शैलीमा परिवर्तन गरी शिक्षाका लागि विदेशने जमातलाई रोक्न सकिने धारणा राखे ।

शिक्षाका लागि पूर्वाधार माध्यम मात्र भएको भन्दै विद्यार्थीले के सिके र कस्तो सिके भन्ने  विषयमा ध्यान दिन जरुरी रहेको समेत औँल्याए । शिक्षामा सरकारको लगानी न्यून रहेको भन्दै समुदायले शैक्षिक संस्थाले पुराएको योगदानको सरकारले उच्च सम्मान गर्नु पर्नेमा जोड दिए ।
 
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रमेश खनालले क्याम्पसले हालसम्म गरेका शैक्षिक उपलब्धि र भावी योजनाका बारेमा प्रकाश परेका थिए ।

 क्याम्पसका प्राचार्य टंक प्रसाद पौडेलको संचालनमा  भएको कार्यक्रममा उपाध्यक्ष नवलराज शर्माले स्वागत गरेका थिए । सोही अवसरमा उत्कृष्ट कर्मचारी शिक्षक  विद्याथीहरुलाई सम्मान गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register