कतार पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कतारको दोहा पुगेका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने क्रममा ट्रान्जिट परेर उनी दोहा पुगेका हुन् । प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो १:३५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ […]

Sep 20, 2024 - 12:57
 0
कतार पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कतारको दोहा पुगेका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने क्रममा ट्रान्जिट परेर उनी दोहा पुगेका हुन् ।

प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो १:३५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register