एनएमसीको चिया गुणस्तरहीन, ५० हजार जरिवाना

झापा, ५ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) लाई कारबाही गरिएको छ । झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको एनएमसी सहकारीले विक्री वितरण गरेको चियामा कम गुणस्तर भएको पाइएपछि कारबाहीमा परेको हो । एनएमसीले कम गुणस्तरको चिया विक्री वितरण गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले ५० हजार रुपैयाँ धरौटी तिराएको छ । खाद्य स्वच्छता तथा गुणस्तर [...] The post एनएमसीको चिया गुणस्तरहीन, ५० हजार जरिवाना appeared first on Jhapa Online.

Sep 21, 2024 - 07:58
 0
एनएमसीको चिया गुणस्तरहीन, ५० हजार जरिवाना

झापा, ५ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) लाई कारबाही गरिएको छ । झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको एनएमसी सहकारीले विक्री वितरण गरेको चियामा कम गुणस्तर भएको पाइएपछि कारबाहीमा परेको हो ।

एनएमसीले कम गुणस्तरको चिया विक्री वितरण गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले ५० हजार रुपैयाँ धरौटी तिराएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार एनएमसीको चिया कम गुणस्तरको पाइएकाले कारबाही प्रक्रिया अगाडी बढाएको र धरौटी तोकिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए । खाद्य परीक्षण प्रयोगशाला विराटनगरले एनएमसी चियाको नमुना परीक्षण गर्दा कम गुणस्तरको रिपोर्ट पठाएकाले कारबाही प्रक्रिया अगाडी बढाइएको सहायक प्रजिअ नेपालले बताए ।

यता एनएमसीका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले बजार अनुगमनका क्रममा आफूहरूलाई जानकारी नगराई नमुना संकलन गरिएको बताए । ‘हठात् आउनु भो आफ्नो हिसाबले लिएर जानु भाछ,’ उनले भने, ‘त्यो सामग्री हामीलाई जानकारी पनि गराएर हाम्रो राहेबरमा लिएर गइन्छ, यद्यपि त्यसको हामीले जिम्मेवारी लिएका छौँ ।’

एनएमसीले चिया नियमित भारत निर्यात गरिरहेको तर कुनै पनि चियामा समस्या नदेखिएको बताउँदै नेपालको परीक्षण मापदण्ड अलि बढी भएको हुनसक्ने उनले बताए ।

नमुना संकलन गरी कम गुणस्तरको रिपोर्ट आएको ब्याचको चिया बजारबाट फिर्ता गरिएको अध्यक्ष शिवाकोटीले बताए पनि एनएमसी चिया विभाग प्रमुख रवीन्द्र पाण्डेले भने चिया फिर्ता नभएको बताए । एसपी–१६/८०/८१ ब्याचको चियामा गुणस्तर कम देखिएको उनले जानकारी दिए । ‘बजारबाट गत वर्ष पुसमा नमुना संकलन गरिएको रहेछ, हामीलाई साउनमा मात्र कम गुणस्तरको भएको जानकारी आयो,’ उनले भने, ‘त्यो अवधिसम्ममा उक्त ब्याचको चिया बजारबाट बिक्री भइसकेको पाइयो ।’

सो सिटिसि चिया एनएमसीको उत्पादन नभएर बाहिरबाट खरिद गरी प्याकेजिङ गरेर बिक्री गरिएको पाण्डेले बताए । एनएमसीले व्यवसाय विस्तार गर्ने क्रममा २०८० जेठ २८ गते बिर्तामोडमा पत्रकार सम्मेलन गरी चिया विक्री वितरण सुरु गरेको जानकारी दिएको थियो । तत्कालीन समयमा एनएमसीले इलामको साँघुबेसी, सिद्धपोखरी र इलामेली चिया सहकारीसँग एकीकरण गरी ४ वटा युनिटबाट चिया उत्पादन गरी बिक्री गर्ने गरेको भए पनि पछिल्लो बजारको अवस्थाका कारण इलामको माइजोगमाईबाट अर्थोडक्स र झापाको मेचीनगर–५ स्थित सुरेन्द्र नगरमा सिटिसि चिया उत्पादन तथा प्याकेजिङ गरी बिक्री वितरण गर्दै आएको पाण्डेले जानकारी दिए ।

The post एनएमसीको चिया गुणस्तरहीन, ५० हजार जरिवाना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register