नकारात्मक सोचबाट मुक्ति पाउने ५ उपाय

काठमाडौं । आजभोलिको भागदौडपूर्ण जीवन र कामको दबावका कारण मानिसहरू डिप्रेशन र तनाव जस्ता अवस्थाबाट गुज्रिरहेका छन् । यसले गर्दा दिमागमा नकारात्मक सोच घरले बनाउँछ, तपाईंले केही गर्नुअघि नै त्यसको नकारात्मक परिणाम सोच्न थाल्नुहुन्छ । यसको असर काम र व्यवहारमा पनि देखिन्छ । यस्तो अवस्थामा मानिसहरू तपाईंको नकारात्मक व्यवहारका कारण तपाईंबाट दूरी बनाउन थाल्छन् । […]

Sep 21, 2024 - 08:17
 0
नकारात्मक सोचबाट मुक्ति पाउने ५ उपाय

काठमाडौं । आजभोलिको भागदौडपूर्ण जीवन र कामको दबावका कारण मानिसहरू डिप्रेशन र तनाव जस्ता अवस्थाबाट गुज्रिरहेका छन् । यसले गर्दा दिमागमा नकारात्मक सोच घरले बनाउँछ, तपाईंले केही गर्नुअघि नै त्यसको नकारात्मक परिणाम सोच्न थाल्नुहुन्छ । यसको असर काम र व्यवहारमा पनि देखिन्छ ।

यस्तो अवस्थामा मानिसहरू तपाईंको नकारात्मक व्यवहारका कारण तपाईंबाट दूरी बनाउन थाल्छन् । जसले तपाईंको मानसिक स्वास्थ्यलाई अझ खराब बनाउँछ । यस्तो अवस्थामा कसरी नकारात्मक सोचलाई सकारात्मक बनाउने जानौँ ।

मेडिटेशन

यस समस्याबाट छुटकारा पाउन मेडिटेशन सबैभन्दा राम्रो उपाय हो । यसले तपाईंलाई भित्रसम्म हिल गर्छ । यस समयमा कुनै पनि निर्णय सोचविचार गरेर लिनुहोस् । यति मात्र होइन, यस समयमा सामाजिक सञ्जालबाट पनि दूरी बनाएर राख्नुहोस् ।

८ घण्टा पूरा निद्रा

नकारात्मक कुरा गर्नेहरूबाट टाढा रहनुहोस् । यदि तपाईं आफ्नो बेचैनीलाई कम गर्न चाहनुहुन्छ भने, बिहान चाँडै उठ्ने प्रयास गर्नुहोस् र ८ घण्टा निद्रा पूरा गर्नुहोस् । जो मानिसहरू नकारात्मक कुरा गर्छन् तिनीहरूबाट टाढा रहनुहोस् ।

व्यस्त रहनुहोस्

खाली दिमाग सैतानको घर भन्ने त सुन्नुभएकै होला । त्यसैले नकारात्मक सोचलाई नियन्त्रण गर्नका लागि आफूलाई काममा व्यस्त राख्नुहोस् । तपाईंले आफ्नो मनपर्ने कामहरू गर्नुपर्छ, जस्तै- खाना पकाउने, गाउने र नाच्ने गर्नुहोस् ।

किताबलाई बनाउनुहोस् साथी

आफ्नो नकारात्मक सोचलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने किताबहरूलाई आफ्नो साथी बनाउनुहोस् । यो तपाईंको मानसिक स्वास्थ्यलाई राम्रो राख्ने सबैभन्दा राम्रो उपाय हो ।

परिवारसँग समय बिताउनुहोस्

आफ्नो मानसिक स्वास्थ्यलाई राम्रो राख्नका लागि आफ्ना साथीहरू र परिवारसँग समय बिताउनुहोस् । यो तपाईंको मानसिक स्वास्थ्यलाई सुधार गर्ने सबैभन्दा राम्रो उपाय हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register