झापा मिडिया कप : झापाली पत्रकारको फुटबल महाभिडन्त हुँदै

झापा, ५ असोज । बुद्धशान्ति प्रेस क्बलको आयोजनामा ‘झापा मिडिया कप–२०८१’ हुने भएको छ । दशैंको अवसरमा आगामी असोज १७ र १८ गते झापा मिडिया कप फुटबल प्रतियोगिता हुने भएको हो । क्लबले आज झापाको बुधबारेमा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी दिएको छ । दशैंको अवसरमा जिल्लाभरिका सञ्चारकर्मीलाई खेलकुदको माध्यमबाट एकैथलोमा उभ्याउन [...] The post झापा मिडिया कप : झापाली पत्रकारको फुटबल महाभिडन्त हुँदै appeared first on Jhapa Online.

Sep 21, 2024 - 08:58
 0
झापा मिडिया कप : झापाली पत्रकारको फुटबल महाभिडन्त हुँदै

झापा, ५ असोज । बुद्धशान्ति प्रेस क्बलको आयोजनामा ‘झापा मिडिया कप–२०८१’ हुने भएको छ ।

दशैंको अवसरमा आगामी असोज १७ र १८ गते झापा मिडिया कप फुटबल प्रतियोगिता हुने भएको हो । क्लबले आज झापाको बुधबारेमा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी दिएको छ ।

दशैंको अवसरमा जिल्लाभरिका सञ्चारकर्मीलाई खेलकुदको माध्यमबाट एकैथलोमा उभ्याउन प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले बताउनुभयो । “सबै सञ्चारकर्मीलाई एकैठाउँमा भेला बनाएर आत्मियता बढाउने उद्देश्य हो”, उहाँले भन्नुभयो, “सञ्चारकर्मीमाझ कुनै प्रतियोगिता नभएको धेरै भएको छ, त्यसका लागि पनि प्रतियोगिता गर्न लागेका छौं ।”

प्रतियोगितामा आयोजक बुद्धशान्ति प्रेस क्बल, भद्रपुर प्रेस क्लब, मेचीनगर प्रेस क्लब, अर्जुनधारा प्रेस क्बल, सुरुङ्गा प्रेस क्बल, दमक प्रेस क्बल र खेलकुद पत्रकार मञ्च गरी सात वटा टीमको सहभागिता रहने क्लबका उपाध्यक्ष नारायण अर्यालले जानकारी दिनुभयो ।

प्रतियोगिताको प्रथम पुरस्कार रू २५ हजार र दोस्रो पुरस्कार रू १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिता सम्पन्न गर्न विभिन्न दाताहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएको क्बलका सचिव रोशन भट्टराईले बताउनुभयो । सोही कार्यक्रममा प्रतियोगिताको टाइसिट समेत सार्वजनिक गरिएको छ । पत्रकार रमेश समदर्शील गोलाप्रथाको माध्यमबाट टाइसिट बनाउन सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष आयुस लगायतको आतिथ्य रहेको थियो ।

The post झापा मिडिया कप : झापाली पत्रकारको फुटबल महाभिडन्त हुँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register