भारतको मणिपुरमा म्यान्मारबाट ९०० सन्दिग्ध व्यक्ति प्रवेश

काठमाडौं । युद्धग्रस्त म्यान्मारबाट ९०० सन्दिग्ध आतंकवादी भारतको मणिपुर राज्यमा प्रवेश गरेको सूचनापछि उत्तरपूर्वी सीमामा सुरक्षा बललाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको एक अधिकारीले बताएका छन् । मणिपुरलाई जातीय परिक्षेत्रमा विभाजन गर्दै मुख्यतया हिन्दु मेइतेई बहुमत र इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि आवधिक झडपले अशान्त बनाएको छ । पहाडमा बसोबास गर्ने कुकीहरूको म्यानमारका […]

Sep 21, 2024 - 11:09
 0
भारतको मणिपुरमा म्यान्मारबाट ९०० सन्दिग्ध व्यक्ति प्रवेश

काठमाडौं । युद्धग्रस्त म्यान्मारबाट ९०० सन्दिग्ध आतंकवादी भारतको मणिपुर राज्यमा प्रवेश गरेको सूचनापछि उत्तरपूर्वी सीमामा सुरक्षा बललाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको एक अधिकारीले बताएका छन् ।

मणिपुरलाई जातीय परिक्षेत्रमा विभाजन गर्दै मुख्यतया हिन्दु मेइतेई बहुमत र इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि आवधिक झडपले अशान्त बनाएको छ ।

पहाडमा बसोबास गर्ने कुकीहरूको म्यानमारका आदिवासी समुदायसँग सांस्कृतिक, पारिवारिक र धार्मिक सम्बन्ध छ । म्यानमारमा सन् २०२१ मा सत्ताकब्जा गरिएदेखि दर्जनौँ सशस्त्र समूह सेनासँग लडिरहेका छन् ।

मणिपुर सरकारका सुरक्षा सल्लाहकार कुलदीप सिंहले शुक्रबार स्थानीय गुप्तचर निकायबाट सन्दिग्ध आतंकवादीले सम्भावित सीमापार गरेको सूचना प्राप्त गरेको पुष्टि गरेका छन् ।

सिंहले सीमा चौकीलाई ‘सतर्क’ गरिएको र सुरक्षा बलले दुर्गम क्षेत्रमा ‘कम्बाइङ अपरेसन’ सञ्चालन गर्ने बताए । महिनौँको सापेक्ष शान्तिपछि यो महिना मणिपुरमा विद्रोही समूहबीच रकेट र ड्रोन आक्रमण हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

गएको साता मेइतेई प्रदर्शनकारीले कुकी समुदायलाई पछिल्लो आक्रमणको दोषी ठहर्‍याएका थिए । मेइतेईहरूले कुकीविरुद्ध कारबाहीको माग गर्दै राज्यको राजधानी इम्फाल हुँदै विरोध प्रदर्शन गरेका थिए ।

मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीका विषयमा लामो समयदेखि तनाव चलिरहेको छ ।

सरकारी तथ्यांकानुसार, दुई समुदायबीचको द्वन्द्वका कारण लगभग ६० हजार मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् । कम्तीमा २०० जनाको मृत्यु भएको छ । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register