महावीर पुनको अभियानलाई सहयोग गर्न सातै प्रदेशमा ‘कारा’को च्यारिटी शो

काठमाडौं । वैज्ञानिक महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न देशभरका ७ वटै प्रदेशमा ‘कारा’ चलचित्रको च्यारिटी शो आयोजना गरिने भएको छ । बुटवलमा असोज ७ गते हुने पहिलो शो लायन्स क्लब अफ बुटवल, र Adverseek Media को संयुक्त आयोजनामा बुटवलको भाटभटेनीमा रहेको क्यूएफएक्स हलमा हुनेछ । विशेष कुरा यो हो कि चलचित्र ‘कारा’को […]

Sep 21, 2024 - 10:13
 0
महावीर पुनको अभियानलाई सहयोग गर्न सातै प्रदेशमा ‘कारा’को च्यारिटी शो

काठमाडौं । वैज्ञानिक महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न देशभरका ७ वटै प्रदेशमा ‘कारा’ चलचित्रको च्यारिटी शो आयोजना गरिने भएको छ ।

बुटवलमा असोज ७ गते हुने पहिलो शो लायन्स क्लब अफ बुटवल, र Adverseek Media को संयुक्त आयोजनामा बुटवलको भाटभटेनीमा रहेको क्यूएफएक्स हलमा हुनेछ ।

विशेष कुरा यो हो कि चलचित्र ‘कारा’को च्यारिटी शो यसको आधिकारिक प्रदर्शन हुनुअघि नै आयोजना गरिदैँछ । चलचित्र विकास बोर्डले ‘कारा’ लाई च्यारिटीका लागि विशेष अनुमति दिएको छ, जसअन्तर्गत यो चलचित्रलाई राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग पुर्‍याउन सामाजिक अभियानको रूपमा प्रयोग गर्न पाइनेछ ।

लायन्स क्लब अफ बुटवलका अध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठकाअनुसार च्यारिटी शोबाट उठेको सम्पूर्ण रकम पुनले सुरु गरेको विरगञ्ज कृषि औजार कारखाना अभियानलाई सहयोग गरिनेछ ।

‘कारा’ माओवादी सशस्त्र द्वन्द्वकालको पृष्ठभूमिमा आधारित छ, जसले दुई भाइ-बहिनीको संघर्षपूर्ण कथा प्रस्तुत गर्दछ ।

Adverseek Media का च्यारिटी परियोजनाका प्रमुख विकास भण्डारीका अनुसार यो चलचित्र सामाजिक परिवर्तनको सन्देश दिन र महावीर पुनको अभियानलाई जनस्तरमा पुर्‍याउन च्यारिटी शोको रूपमा देशभर प्रदर्शन गरिनेछ ।

भण्डारीले भने, “यो च्यारिटी शो केवल मनोरञ्जनको लागि मात्र नभई सामाजिक जागरूकता फैलाउन र परिवर्तनको उद्देश्यले आयोजना गरिएको हो । महावीर पुनको अभियानलाई साथ दिन ७ वटै प्रदेशमा च्यारिटी शोहरू गरिनेछन् ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register