ब्रिटिश कलेजका निर्देशक कँडेललाई ‘ग्लोबल एजुकेसन लिडरसिप अवार्ड’

काठमाडौं । द ब्रिटिश कलेज नेपाल र द ब्रिटिश एजुकेशन ग्रुप बीईजीका निर्देशक महेन्द्रराज कँडेललाई ग्लोबल एजुकेशन लिडरसिप अवार्ड प्रदान गरिएको छ । कँडेललाई ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डस् २०२४’ अन्तर्गत ‘ग्लोबल एजुकेसन लिडरसिप अवार्ड’ प्रदान गरिएको कलेजले जनाएको छ । शिक्षा र उद्यमशीलताको क्षेत्रमा नेपालमा मात्रै नभई विदेशमा समेत योगदान पुर्याउँदै आएका निर्देशक कँडेलले विद्यार्थीलाई […]

Sep 21, 2024 - 12:29
 0
ब्रिटिश कलेजका निर्देशक कँडेललाई ‘ग्लोबल एजुकेसन लिडरसिप अवार्ड’

काठमाडौं । द ब्रिटिश कलेज नेपाल र द ब्रिटिश एजुकेशन ग्रुप बीईजीका निर्देशक महेन्द्रराज कँडेललाई ग्लोबल एजुकेशन लिडरसिप अवार्ड प्रदान गरिएको छ ।

कँडेललाई ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डस् २०२४’ अन्तर्गत ‘ग्लोबल एजुकेसन लिडरसिप अवार्ड’ प्रदान गरिएको कलेजले जनाएको छ ।

शिक्षा र उद्यमशीलताको क्षेत्रमा नेपालमा मात्रै नभई विदेशमा समेत योगदान पुर्याउँदै आएका निर्देशक कँडेलले विद्यार्थीलाई विश्वव्यापी अवसरहरू प्रदान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

सन् २०११ देखि नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विश्व-स्तरीय ब्रिटिश शैक्षिक योग्यताहरू प्रदान गर्दै द ब्रिटिश कलेज नेपाललाई एक प्रमुख संस्थाको रूपमा स्थापित गर्न कँडेलले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

कँडेल ग्रुप टीकेजी-नेपाल च्याप्टर अफिसको बोर्ड प्रतिनिधि टोलीको सदस्य पनि हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register