काँक्रो कुन समयमा खाँदा बढी फाइदा पाउन सकिन्छ ?

काठमाडौं । पानीको एक राम्रो स्रोत भएको कारणले काँक्रो स्वास्थ्यका लागि धेरै प्रकारले फाइदाजनक हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन बी, भिटामिन सी, भिटामिन के, पोटासियम र कपर पाइन्छ । सलाद वा बेलुकाको खानामा यसलाई धेरैले खान मन पराउँछन् तर, जब स्वास्थ्यलाई प्राप्त हुने फाइदाहरूको कुरा आउँछ, तब ठूलो प्रश्न उठ्छ कि यसलाई दिनको समयमा […]

Sep 21, 2024 - 10:49
 0
काँक्रो कुन समयमा खाँदा बढी फाइदा पाउन सकिन्छ ?

काठमाडौं । पानीको एक राम्रो स्रोत भएको कारणले काँक्रो स्वास्थ्यका लागि धेरै प्रकारले फाइदाजनक हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन बी, भिटामिन सी, भिटामिन के, पोटासियम र कपर पाइन्छ ।

सलाद वा बेलुकाको खानामा यसलाई धेरैले खान मन पराउँछन् तर, जब स्वास्थ्यलाई प्राप्त हुने फाइदाहरूको कुरा आउँछ, तब ठूलो प्रश्न उठ्छ कि यसलाई दिनको समयमा खानु राम्रो हो कि रातको समयमा ।

यदि तपाईं पनि यस भ्रमलाई हटाउन चाहनुहुन्छ भने जानौँ कुन समयमा काँक्रो खानाले यसको भरपुर फाइदा प्राप्त गर्न सकिन्छ ।

काँक्रोमा ९५% पानी हुन्छ, जसले यसलाई एक उत्कृष्ट हाइड्रेटिङ एजेन्ट बनाउँछ । यसका साथै यसमा भिटामिन, पोषण र एन्टिअक्सिडेन्ट्सको भण्डार हुन्छ । दैनिक आहारमा यसलाई समावेश गर्दा धेरै प्रकारका फाइदाहरू प्राप्त गर्न सकिन्छ ।

काँक्रोले विशेष गरी गर्मीमा शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ । कम क्यालोरी भएको कारण काँक्रो खानाले वजन घटाउन पनि मद्दत गर्छ । काँक्रोमा एन्टिअक्सिडेन्ट्स हुन्छन् जसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

त्यस्तै काँक्रोमा फाइबर प्रशस्त मात्रामा पाइन्छ, जसले पाचनमा सुधार गर्न काम गर्छ । काँक्रोमा पोटासियम पनि पाइन्छ, जसले ब्लड प्रेसरलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

काँक्रो कुन समयमा खाने ?

बिहान खाली पेट काँक्रो खानाले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ । यसैगरी दिउँसोको भोजनसँग काँक्रो खानाले शरीरलाई ताजगी दिन्छ । साँझको हल्का नास्तामा काँक्रो खानु पनि स्वास्थ्यको लागि राम्रो मानिन्छ । तर, यसलाई रातको समयमा खाँदा अपच, ग्यास तौल बढ्ने खतरा, रुघा, खोकी र सास फेर्न गाह्रो हुने जस्ता समस्या देखा पर्न सक्छ ।

काँक्रो एक स्वस्थ र पौष्टिक खाद्य वस्तु हो, तर यसलाई खाने सही समय पनि आवश्यक हुन्छ । रातमा काँक्रो खानबाट बच्नुपर्छ, विशेष गरी जब तपाईंलाई पाचनसँग सम्बन्धित समस्याहरू छन् । यस अवस्थामा बिहान वा दिउँसो काँक्रो खानाले तपाईंले यसको अधिकतम फाइदा प्राप्त गर्न सक्नुहुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register