सयभन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी

काठमाडौं । रूसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको रुसी रक्षा मन्त्रालयले शनिबार जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको छ । “ड्युटीमा” रहेका हवाई रक्षा प्रणालीहरूले युक्रेनी फिक्स–विङ युएभी ड्रोनहरुहरू नष्ट गरी खसालेकोे रूसको रक्षा मन्त्रालयले टेलिग्राममार्फत् जनाएको हो । मन्त्रालयका अनुसार ब्रायन्स्क क्षेत्रमा ५३ वटा ड्रोन खसालिएको थियो […]

Sep 21, 2024 - 13:53
 0
सयभन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी

काठमाडौं । रूसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको रुसी रक्षा मन्त्रालयले शनिबार जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको छ ।

“ड्युटीमा” रहेका हवाई रक्षा प्रणालीहरूले युक्रेनी फिक्स–विङ युएभी ड्रोनहरुहरू नष्ट गरी खसालेकोे रूसको रक्षा मन्त्रालयले टेलिग्राममार्फत् जनाएको हो ।

मन्त्रालयका अनुसार ब्रायन्स्क क्षेत्रमा ५३ वटा ड्रोन खसालिएको थियो भने “ब्लाक सी” प्रायद्वीपमाथि १८ वटा र बाँकी अन्य क्षेत्रमा खसालिएको थियो ।

क्रास्नोडारका गभर्नर भेनियामिन कोन्ड्रात्येभले ड्रोनबाट खसेको भग्नावशेषले टिखोरेट्स्की जिल्लामा आगलागीसमेत भएको बताएका छन् । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षाको लागि बाहिर निकालिएको भएता पनि कुनै हताहत नभएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register