विशाल राइलाई रेडपाण्डा ट्रेल म्याराथनको सर्वोत्कृष्ट उपाधि

ताप्लेजुङ, ५ असोज । ताप्लेजुङमा सञ्चालित प्रथम अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताको सर्वोत्कृष्ट उपाधि पाँचथरका विशाल राइले हात पार्नुभएको छ । रेडपाण्डा दिवसको अवसरमा ताप्लेजुङको फुङलिङमा शनिबार सम्पन्न प्रतियोगितामा राइले निर्धारित दुरी ४ घण्टा १६ मिनेटमा पार गर्दै सर्वोत्कृष्ट उपाधि हात पार्नुभएको हो । उहाँले एक लाख रुपैंया पुरस्कार प्राप्त गर्नुभएको आयोजकलेa जनाएको छ । [...] The post विशाल राइलाई रेडपाण्डा ट्रेल म्याराथनको सर्वोत्कृष्ट उपाधि appeared first on Jhapa Online.

Sep 21, 2024 - 15:26
 0
विशाल राइलाई रेडपाण्डा ट्रेल म्याराथनको सर्वोत्कृष्ट उपाधि

ताप्लेजुङ, ५ असोज । ताप्लेजुङमा सञ्चालित प्रथम अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताको सर्वोत्कृष्ट उपाधि पाँचथरका विशाल राइले हात पार्नुभएको छ ।

रेडपाण्डा दिवसको अवसरमा ताप्लेजुङको फुङलिङमा शनिबार सम्पन्न प्रतियोगितामा राइले निर्धारित दुरी ४ घण्टा १६ मिनेटमा पार गर्दै सर्वोत्कृष्ट उपाधि हात पार्नुभएको हो । उहाँले एक लाख रुपैंया पुरस्कार प्राप्त गर्नुभएको आयोजकलेa जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ प्रथम बझाङका करण रावल र महिलातर्फ प्रथम ताप्लेजुङका कुमारी गुरुङले हात पर्नुभयो ।

निर्धारित ४८ किलो मिटर दुरी रावलले चार घण्टा १७ मिनेटको पार गर्नुभएको थियो भने महिलातर्फका गुरुङले सोही दुरी ६ घण्टा १२ मिनेटमा पार गर्नुभएको थियो । पुरुषतर्फ द्वितीय ताप्लेजुङका रमेश लिम्बु र तृतीय सोलुखुम्बुका अर्जुन कुलुङ राई हुनुभयो । पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

महिला दोस्रो स्थानमा ओखलढुङ्गाका लाक्पा निमा शेर्पाले ६ घण्टा २९ मिनेट र ताप्लेजुङका दासाङ्गी शेर्पाले ६ घण्टा ३७ मिनेटमा निर्धारित दुरी पुरा गर्नुभएको थियो । महिला प्रथम, दोस्रो र तेस्रोलाई पुरुष बराबरी नै ५०, ३० र २० हजार रुपैंया पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको आयोजक रेडपाण्डा नेटवर्क ताप्लेजुङका प्रमुख रमेश राइले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुषतर्फ ५१ र महिलातर्फ दक्षिण कोरियाली महिला धाविकासहित १६ जनाको सहभागिता थियो ।

The post विशाल राइलाई रेडपाण्डा ट्रेल म्याराथनको सर्वोत्कृष्ट उपाधि appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register