सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय

काठमाडौं । महान्यायाधीवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिने निर्णय गरेको छ । बलात्कार मुद्दामा उच्च अदालत पाटनले दिएको सफाइविरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च जाने निर्णय गरेको हो । उच्च अदालतको फैसलाको पूर्णपाठसँगै सार्वजनिक भएपछि उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसलाविरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय दिएको थियो । सोही आधारमा पुनरावेदन गर्ने निर्णय गरेको […]

Sep 22, 2024 - 09:13
 0
सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय

काठमाडौं । महान्यायाधीवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिने निर्णय गरेको छ ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनले दिएको सफाइविरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च जाने निर्णय गरेको हो ।

उच्च अदालतको फैसलाको पूर्णपाठसँगै सार्वजनिक भएपछि उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसलाविरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय दिएको थियो ।

सोही आधारमा पुनरावेदन गर्ने निर्णय गरेको महान्यायाधीवक्ता कार्यालय स्रोतले बताएको छ ।

तर, यसअघि गौशाला २६ ले लामिछानेविरूद्ध बलात्कारको मुद्दा अघि नबढाउन उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर निवेदन दिएकी थिइन् ।

गौशाला २६ को निर्णय – मेरो मानसिक असरको फाइदा उठाउँदै सन्दीपविरुद्ध भ्रमपूर्ण खबर फैलाइयो, सर्वोच्च जान्नँ

केही संस्था तथा व्यक्तिले बलात्कार मुद्दा दर्ता भएदेखि नै आफूलाई मानसिक रूपमा परेको असरको फाइदा उठाएको उनको भनाइ थियो । तर, महान्यायाधीवक्ता कार्यालयले गौशाला २६ को निवेदनले पुनरावेदन गर्न असर नगर्ने बताएको थियो ।

अब लामिछानेले आफूविरुद्धको मुद्दामा सर्वोच्चमा सामना गर्नुपर्ने भएको छ । पुनरावेदन निवेदन दर्ता गराएपछि सर्वोच्च अदालतले सन्दिपलाई झिकाउनु भनी म्याद जारी गर्छ । र, सन्दीप लामिछानेले म्याद बुझेपछि मुद्दाको प्रक्रिया सुरू हुन्छ ।

हाल लामिछाने आईसीसी लिग-२ खेल्न क्यानडामा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register