संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था छैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । संविधान दिवसको सन्दर्भमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा लेखकले संविधान जारी भएको १० वर्षमा समीक्षा गर्नुपर्ने भएकाले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन् । उनले संविधान कार्यान्वयनको समीक्षामार्फत् सबल र दुर्बल पक्षको पहिचान गर्दै राष्ट्रियस्तरको छलफल गरेर यसलाई परिमार्जन गर्नुपर्ने […]

Sep 22, 2024 - 12:17
 0
संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था छैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

संविधान दिवसको सन्दर्भमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा लेखकले संविधान जारी भएको १० वर्षमा समीक्षा गर्नुपर्ने भएकाले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

उनले संविधान कार्यान्वयनको समीक्षामार्फत् सबल र दुर्बल पक्षको पहिचान गर्दै राष्ट्रियस्तरको छलफल गरेर यसलाई परिमार्जन गर्नुपर्ने धारणा राखे ।

संविधान संशोधन एउटा कार्यालयको पार्टी कार्यालयबाट नहुने भन्दै सबै राजनीतिक पार्टीकाबीचमा सहकार्यबाट संसदबाट गर्नुपर्ने उनले बताए । लेखकले संविधानका आधारभूत विषयका माध्यमबाट मुलुकमा दिगो शान्ति, विकास र समृद्धि गर्नका लागि मिलेर जानुपर्ने उल्लेख गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register